ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीको झण्डा बोक्नेलाई मतदाता शिक्षामा खटाएको भन्दै दलहरुद्वारा आपत्ति


admin

 

काठमाडौं, ७ मंसिर ।  पार्टीको झण्डा बोक्ने कार्यकर्तालाई मतदाता शिक्षा दिन गाउँगाउँमा परिचालन गरेको भन्दै उपनिर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले निष्पक्ष व्यक्ति परिचालन गर्न माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मतदाता शिक्षा प्रदान गर्नका लागि मङ्सिर ६ देखि ११ गतेसम्मका लागि प्रत्येक वडामा दुई जनाका दरले १० वटा वडामा २० जना मतदाता शिक्षा कार्यकर्ता नियुक्ति गरी परिचालन गरेको छ ।

नेकपाका नेता शम्भु दङ्गालले उपनिर्वाचनमा सहभागी भएका दलहरुसँग परामर्श नगरी पार्टीको झण्डा बोक्ने व्यक्तिलाई मतदाता शिक्षा दिन परिचालन गरेको भन्दै यो कार्यक्रम तत्काल रोक्नुपर्ने बताउनुभयो । पार्टीको झण्डा बोकेर घरदैलो कार्यक्रममा मत माग्न हिँड्ने व्यक्तिलाई कार्यालयले मतदाता शिक्षा दिन परिचालन गरेको भन्दै उहाँले मतदाता शिक्षा कार्यक्रम तत्काल रोकेर निष्पक्ष व्यक्तिलाई परिचालन गर्नुपर्ने बताउँदै अन्यथा कार्यक्रम नै रोक्न निर्वाचन कार्यालयलाई अनुरोध गर्नुभयो ।

नेपाली काँग्रेसका जिल्ला सचिव एवं प्रतिनिधि निशान ढुङ्गेलले निर्वाचन कार्यालयले हचुवाको भरमा मतदाता शिक्षा कार्यकर्ता छनोट गर्न नहुने भन्दै निष्पक्षताको सुनिश्चित हुनुपर्ने बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि पाण्डव सुवालले मतदाता शिक्षा दिने व्यक्तिले नै चुनाव चिह्नको उदाहरण दिँदै आफू निकट दलको पार्टीको चुनाव चिह्नमा मतदान गर्न सिकाउने भएकाले मतदाता शिक्षाको औचित्य नभएको बताउनुभयो ।

साझा पार्टीका प्रतिनिधि कालीचरण कार्कीले मतदाता शिक्षा दिने स्वयंसेविका वा कार्यकर्ताले नै सरकारी भत्ता खाएर निष्पक्ष मतदाता शिक्षा दिन नसक्ने गरी पार्टीको कार्यकर्तालाई कार्यालयले परिचालन गरेको भन्दै आपत्ति जनाउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि मुकुन्द थापाले मतदाता शिक्षा कार्यक्रमलाई तत्काल रोक्न अनुरोध गर्दै अहिलको समयमा मतदाता शिक्षाको औचित्य नभएको बताउनुभयो ।

आगमी १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १९क०मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा मतदातालाई निर्वाचन तथा मतदान प्रक्रिया र यसका प्राविधिक तथा कानूनी पक्षका बारेमा आधारभूत जानकारी दिँदै निर्वाचनमा मतदाताको व्यापक सहभागिताका साथै बदर मतको प्रतिशतलाई न्यूनीकरण गर्ने उद्देश्यले परिचालन गरेको कार्यालयका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिनुभयो ।

गत निर्वाचनमा मतदाता शिक्षा कार्यकर्ताका रुपमा परिचालन भएको ५७ मध्ये २० जनालाई छनोट गरी परिचालन गरेको भन्दै मतदाता शिक्षा कार्यक्रम रोक्न भने नमिल्ने बताउनुभयो । यस बारेमा जानकारी पाएपछि प्रजिअ नारायणप्रसाद भट्टले मतदाता शिक्षा दिन परिचालन भएकाहरुलाई आफू बसेको वडाभन्दा फरक वडामा परिचालन गर्न निर्वाचन कार्यालयलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com