ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशमा साना कामबाट पनि ठूलो परिवर्तन गर्न सकिन्छ– नेता चन्द


admin
७ मंसिर २०७६, शनिबार   १ : ४२   बजे

काठमाडौं, ७ मंसिर । हनुमन्ते नदी सरसफाइ अभियानको आज ९१औँ हप्ता मनोहरा र हनुमन्तेको सङ्गमस्थल हनुमान मन्दिरको अगाडिबाट नदीको सफाइ गरिएको छ । मध्यपुरथिमि नगरपालिका–९ र ललितपुर तथा काठमाडौँको सिमानामा रहेको हनुमन्ते नदीको आज भएको सफाइ अभियानमा सात टन फोहर सङ्कलन भएको हनुमन्ते अभियानका सफाइ दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी दिनुभयो ।

आजको अभियानका वीर दल गणका नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली, सशस्त्र प्रहरीको टोली, विभिन्न सामाजिक सङ्घसंस्थाहरुका टोली एवं प्रतिनिधि, सञ्चारकर्मीलगायतका अभियन्ता टोलीको सफाइ अभियानमा सहभागिता रहेको थियो । कार्यक्रमको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री एवं राप्रपा संयुक्तका नेता लोकेन्द्रबहादुर चन्दले देशमा साना कामबाट पनि ठूलो परिवर्तन गर्न सकिन्छ भन्नुभयो ।

उहाँले हनुमन्ते सफाइ अभियान हेर्दा सानो भएपछि यो नियमित र ठूलो परिवर्तनको काम भएकाले यसको अभियन्ताहरु सम्मानको पात्र भएको बताउँदै खोला र नदीहरुमा फोहर गर्नेहरु पनि फोहर गर्न अब रोक्नुपर्ने बताउनुभयो । विश्वमै वातावरण प्रदूषण भइरहेको बेलामा नेपालमा पनि यसको ठूलो चपेटामा परेको भन्दै उहाँले नेपालमा पनि वातावरण प्रदूषणबाट जोगाउन यस्ता काम प्रभावकारी हुने भएकाले सबैले साथ र सहयोग दिएर लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group