ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशी आयोगबाट आयोगको आफ्नै नाम फेरिदिन आग्रह


एबीसी न्यूज

काठमाडौँ, ६ मङ्सिर । मधेसी आयोगले आयोगको नाम फेरिदिन आग्रह गरेको छ । मधेसीको पुनःपरिभाषा गर्नुपर्ने र आयोगको नामै परिवर्तन गर्नुपर्ने निश्कर्ष सहित आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएको छ । संविधानको धारा २६२ मा मधेसी आयोगको प्रावधान छ । सोही प्रावधानअनुसार गठित मधेशी आयोगले आयोगको आफ्नै नाम फेरिदिन सिफारिस गरेको हो ।

मधेसी आयोगमा ‘राष्ट्रिय’ शब्द थपी ‘राष्ट्रिय मधेसी आयोग’ बनाउनुपर्ने सरकारसमक्ष सिफारिस गरिएको छ । मारवाडी समुदायलाई मधेसीभन्दा बेग्लै सांस्कृतिक पहिचान दिनुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ । मारवाडी समुदायले आफ्नो बेग्लै पहिचान हुनुपर्ने माग गर्दै आएको अवस्थामा यही मागलाई सम्बोधन गर्दै मधेसी आयोगले उनीहरुलाई सांस्कृतिक पहिचान दिन सिफारिस गरेको हो । मधेसी समुदायमा को–को पर्छन् भन्ने विवाद भएमा कुन व्यक्ति मधेसी हो वा होइन भन्नेबारे अन्तिम निर्णय गर्ने अधिकार आयोगलाई दिइनुपर्ने प्रतिवेदनमा माग गरिएको छ । नेपालमा रहेको मारवाडी समुदाय मधेसीको कोटाबाट प्रतिनिधित्व गर्न भएपनि तत्कालिन राणाहरुले नेपालमा ब्यापार गर्न भारतको राजस्थानबाट बोलाएर ल्याएको भन्दै उनीहरुले बेग्लै पहिचानको माग गरेका हुन् । आयोगले सीमानामा परिचयपत्र लागू गर्न र सीमा व्यवस्थापन प्रभावकारी तरिकाले गर्न भनेको छ ।

पछिल्लो समय नेपाल–नेपाल भारत सीमा समस्या सम्बन्धी विषय सतहमा बहसमा रहेका बेला आयोग बार्षिक प्रतिवेदनमार्फत आयोगले नेपाल सरकारलाई सीमा व्यवस्थापन गर्न सुझाव दिएको हो । सीमामा परिचयपत्र लागू गर्नुपर्ने वा सीमा व्यवस्थापन प्रभावकारी तरिकाले हुनुपर्ने सिफारिस गरिएको छ । आयोगले सीमा व्यवस्थापन गर्नुपर्ने, निर्वाचनलाई पूर्णतः व्यवस्थित गर्नुपर्ने लगायतका विषयमा सरकारलाई सुझाव समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com