ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय पक्षका कारण पशुपतिनगर बजार सुनसान


admin
मंसिर ६, २०७६ शुक्रबार  २ : ५५ बजे

काठमाडौं, ६ मंसिर । दैनिक लाखौँको कारोवार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ । भारतीय सुरक्षाकर्मीले रु २५ हजारभन्दा बढी नगद बोक्न नदिएपछि पर्यटक आउन छाडेसँगै नाका सुनसान बन्दै गएको हो ।

गत असार, साउनयता पर्यटक घट्दै गएका कारण बजार पनि सुनसानजस्तै बनेको स्थानीयवासीको भनाइ छ । भारतबाट आउने पर्यटकलाई रु २५ हजारभन्दा बढी नगद बोक्न प्रतिबन्ध लगाएको बताइएको छ ।भारतीय सुरक्षाकर्मीले रकम जफत गर्न थालेपछि पशुपतिनगर घुम्न आउने भारतीय पर्यटक आउन छाडेको पूर्व संविधानसभा सदस्य लीलादेवी श्रेष्ठले बताउनुभयो । स्थानीय तथा पशुपतिनगर उद्योग वाणिज्य सङ्घकी पूर्वअध्यक्षसमेत रहनुभएकी उहाँले भारतबाट नेपाल आउने पर्यटकको पैसा चोरी भएपछि भारतीय पक्षबाट कडाइ गर्दा यस्तो समस्या आएको बताउनुभयो ।

दशैँ, तिहारजस्ता चाडपर्वका समयमा भीडभाड हुने बजारमा यसपटक खासै मान्छे नआएको व्यापारीको भनाइ छ । दैनिक उपभोग्य वस्तु र लत्ताकपडा खरीद गर्न आउने मानिसको सङ्ख्या ह्वात्तै घटेपछि व्यापारी मारमा परेका छन् । वाणिज्य सङ्घकी पूर्वअध्यक्ष श्रेष्ठले नाकामा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले शरीर खानतलासी गरेर रकम जफत गर्न थालेपछि नेपाल आउने पर्यटक घटेको बताउनुभयो ।

दार्जिलिङबाट नेपाल आउने सयौँ भारतीय पर्यटक पशुपतिनगर आएर कपडा, जुत्ता कस्मेटिक सामग्री खरीद गर्ने भएकाले यहाँबाट लाखौँको कारोवार हुने गरेको थियो । क्रमशः भारतीय पर्यटकको आगमन घट्दै गएको छ । पहिले डिडभाड हुने बजार विस्तारै खुम्चिँदै जानुमा भारतीय पक्ष नै दोषी रहेकाले सम्बन्धित निकायले पहल गर्नुपर्ने व्यापारीहरुको माग छ ।

भारतीय पक्षको खानतलासीले पूर्वी पहाडबाट दार्जिलिङतिर जाने आफन्त, दैनिक बिरामी लिएर जाने गाडी तथा उपचारका लागि जाने बिरामीका परिवार पनि मारमा परेका छन् । उपचारका लागि ठूलो खर्च लाग्छ । उपचारमा जाँदा रु २५ हजारमाथि नै रकम बोक्नुपर्ने तर भारतीय पक्षका कारण समस्या हुने गरेको पीडितहरुको भनाइ छ ।

बिरामीको उपचारका लागि लगिएको पैसा नै सिमाना काटेर लैजान नपाइने भएपछि समस्या भएको उनीहरु बताउँछन् । पूर्वी पहाडी जिल्लाबाट पशुपतिनगर नाका हुँदै भारतका दार्जिलिङ, सिलगुडी जान सजिलो हुने गरेको छ ।

नेपालतर्फ केही समय अगाडि अध्यागमन केन्द्र स्थापना भएको भएपनि भारततर्फबाट अध्यागमन केन्द्र नखोलिँदा झनै सङ्कट परेको स्थानीयवासीको भनाइ छ । भारतको पश्चिम बङ्गाल, सिक्किम र भुटानसम्मका व्यापारीको कारोवार हुने पशुपतिगनर बजारमा भारततर्फको भन्सारले आयात–निर्यातको कारोवार नगर्दा व्यापारीको कारोवार पनि ठप्प छ । भारतीय पक्षले भन्सारको कारोवार नगर्दा नेपालका उत्पादन वैधानिकरूपमा भारततर्फ निकासी हुन सकेको छैन ।

सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईका अनुसार गएका वर्षहरुमा पशुपतिगनर बजारमा दशैँ, तिहारजस्ता चाडपर्वका समयमा दैनिक रु ५० लाखमाथिको कारोवार हुने गरेको थियो । यस वर्ष दैनिक एक लाखमाथिको कारोवार नभएको उहाँले बताउनुभयो ।

विसं २०३६ मा स्थापना भएको पशुपतिनगर बजारमा ९० प्रतिशत ग्राहक भारतीय पर्यटक, व्यापारी र सर्वसाधारण हुने गरेका थिए तर यस प्रकारको कार्यले बजार प्रायः शून्य हुन थालेको छ । चीनबाट सोझै सामानहरु भारतका विभिन्न शहरमा जाने गरेकाले पनि पशुपतिनगरको व्यापार घट्न थालेको अध्यक्ष राईको भनाइ छ ।

चीनले नुथला सीमा नाका हुँदै भारततर्फ आफ्ना उत्पादन निर्यात गर्न थालेपछि पशुपतिनगर बजार सुक्दै गएको हो । पशुपतिनगरमा व्यापार गर्ने ७०० व्यापारीमध्ये अहिले ३५० हाराहारीमा मात्र छन् ।व्यापार सुक्दै जाँदा अधिकांश व्यापारी विस्थापित भई भारतको सिलगुडी, नेपालको काठमाडौँ, विराटनगर, विर्तामोडलगायतका शहरमा जाने गरेका छन् । बाहिर जाने व्यापारी रोक्नका लागि सरकारले कुनै काम नगर्ने हो भने झनै समस्या आउने भन्दै स्थानीयवासी चिन्तित छन् ।

इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा उत्पादित सामग्री निर्यात गर्न सहज र छोटो बाटो हुने पशुपतिनगर नाकामा भारततर्फ अध्यागमन, प्लान्ट क्वारेइन्टाइनलाई सञ्चालनमा ल्याउन आवश्यक रहेको स्थानीय व्यापारीहरुको माग छ । स्थापना भएको अध्यागमन केन्द्रको कुनै काम नभएको भन्दै भारततर्फ पनि अध्यागमन कार्यालय सञ्चालन गरेर काम अगाडि बढाउन कूटनीतिक छलफल गरिनुपर्ने व्यापारीको भनाइ छ ।

भारततर्फ अध्यागमन केन्द्र नहुँदा नेपालको मात्र अध्यागमन केन्द्रले केही गर्न नसक्ने कर्मचारी बताउँछन्् । स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर यहाँका विस्थापित हुने व्यापरीलाई रोक्न र सुक्दै गएको बजारलाई जगाउन विशेष पहल गर्न आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लोकतन्त्रको रक्षा गर्छौ ः एमाले सचिव , अर्याल भिडियो

सरकारी निकायका सफ्टवेयर तथा सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन

सम्बन्धित

मन्त्रिपरिषद्को बैठक बस्दै

रविलाई पदबाट हटाउन र बालेनमाथि अनुसन्धान थाल्न जेनजीको माग

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com