काठमाडौं, ६ मंसिर । गएको असोज १३ मा सरकारले नेपाललाई खुला दिशा मुक्त घोषण गरिसेको छ । ८० प्रतिशत शौचालयको सुविधा पुगेपछि घोषणा गर्ने सरकारी मापदण्ड छ । तर मुलुककै संघीय राजधानी सार्वजनकि शौचालय विहिन जस्तै छ । भएका शौचालय समेत मर्ममत संभार छैनन् । नयां शौचालय निर्माण महानगरलाई पनि फूर्सद छैन । सम्बन्धित मन्त्रालयलाई झनै चासो छैन । यही कारण राजधानीमा शौच गर्न निकै मुश्किल मात्रै छैन । राजधानीको पहिचान र सभ्यतालाई गिज्याइरहेको छ ।
संघीय राजधानीमा सार्वजनिक शौचालय छैन, भन्दा तपाई पत्याउन नसक्नुहोला, तर हेर्नाेस यो विडम्वना, होल्ड । मुलुककै मुकाममा सार्वजनिक शौचालय छैनन् । भएका शौचालय पनि अस्तव्यस्त मात्रै छैनन् । प्रयोगहीन छन् । तर, सरकारले गएको असोज १३ मा मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिसकेको छ । राजधानीकै केन्द्र मानिने रत्नपार्क, बालाजु बस पार्क, कोटेश्वर लगायत केहि स्थानमा सार्वजनिक शौचालय त छन् । तर, यीको हालत लाजमर्दाे छ । दुर्गन्धका कारण शौच गर्न असंभव जस्तै छ ।
सार्वजनिक शौचालय नभेटेर आपतमा परेका सर्वसाधारणले सडकका छेउ–कुना भेट्नासाथै लाज–घिन बिर्सेर दिसा र पिसाब गर्नुपर्ने बाध्यता छ । राजधानी काठमाडौंका अधिकांश क्षेत्रहरुमा सार्वजानिक शौचालय नहुदा र भएका शौचालयहरु पनि कामै नदिने अवस्थामा रहेको हु“दा हजारौ सर्वसाधरण सास्ती खेप्नु परेको छ । विदेशी पाहुनाको पहिलो गन्तव्य हो, राजधानी । मुलुकको परिचयसंग सरोकार राख्दछ काठमाडौले । मुलुकको पहिचान मात्रै होइन, हाम्रो विकासको स्तर कति छ भन्ने विश्लेष्ण गर्न सक्छन् विदेशी पाहुनाले । तर, आधारभूत पूर्वाधार शौचालय त छैन राजधानीसंग अरु विकास कस्तो होला प्रश्नै प्रश्नले जेलिएको संघीय मुकाम । महानगररको तथ्यांक अनुसार राजधानीमा २ सय शौचालय छन् । तर, ९० प्रतिशत प्रयोगविहिन र १० प्रतिशत काम चलाउ जस्ता मात्रै छन् । खुलादिशमा मुक्त राष्ट्र घोषणा गरेर राज्यले हाइसन्चो मानेको छ ।
तर आम सर्वसाधारण शौच गर्न मुश्किल छ । तर महानगरले सार्वजनिक शौचालय सेवालाई व्यवस्थित गर्ने दाबी गर्छ । शौचालय जस्तो आधारभूत पूर्वाधारमा अझै कार्यविधि निर्माण गर्ने चरणमा रहेको जवाफ दिन्छ । यसो त भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा राजधानी काठमाडौंका विभिन्न स्थानमा सार्वजानिक शौचालयको यो हरिविजोग छ । सरकारले २० लाख पर्यटक ल्याउने भन्छ तर काठमाठौ फोहोरले लत्पतिएको छ । सरकारले खुल्ला दिसामुक्त घोषणा गरेपनि राजधानी काठमाडौंमा जथाभावी शौच,मलमुत्र र फोहोरका कारण दुर्गगन्ध मात्रै होइन, मानव स्वास्थ्यलाई समेत गम्भिर असर गरिरहेको छ । महानगर लगायतका निकायहरु कागजमै अल्मलिनु अब धेरै ढीला भैसकेको छ । अब छिटो र छोटो प्रकृयाका माध्यमबाट शौचालय जस्तो अत्यावस्यक पूर्वाधारलाई युद्धस्तरमा पुरा गर्न सक्नुपर्छ । सुन्दर र समृद्ध शहरको नाराले मात्रै काठमाडौ स्वच्छ र सभ्य बन्न सक्दैन ।
प्रतिक्रिया दिनुहोस्