ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीमा जथाभावी शौच, नयां शौचालय निर्माण गर्न महानगरलाई फूर्सद छैन(भिडियोसहित)


admin
मंसिर ६, २०७६ शुक्रबार  १ : ३२ बजे

काठमाडौं, ६ मंसिर । गएको असोज १३ मा सरकारले नेपाललाई खुला दिशा मुक्त घोषण गरिसेको छ । ८० प्रतिशत शौचालयको सुविधा पुगेपछि घोषणा गर्ने सरकारी मापदण्ड छ । तर मुलुककै संघीय राजधानी सार्वजनकि शौचालय विहिन जस्तै छ । भएका शौचालय समेत मर्ममत संभार छैनन् । नयां शौचालय निर्माण महानगरलाई पनि फूर्सद छैन । सम्बन्धित मन्त्रालयलाई झनै चासो छैन । यही कारण राजधानीमा शौच गर्न निकै मुश्किल मात्रै छैन । राजधानीको पहिचान र सभ्यतालाई गिज्याइरहेको छ ।

संघीय राजधानीमा सार्वजनिक शौचालय छैन, भन्दा तपाई पत्याउन नसक्नुहोला, तर हेर्नाेस यो विडम्वना, होल्ड । मुलुककै मुकाममा सार्वजनिक शौचालय छैनन् । भएका शौचालय पनि अस्तव्यस्त मात्रै छैनन् । प्रयोगहीन छन् । तर, सरकारले गएको असोज १३ मा मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिसकेको छ । राजधानीकै केन्द्र मानिने रत्नपार्क, बालाजु बस पार्क, कोटेश्वर लगायत केहि स्थानमा सार्वजनिक शौचालय त छन् । तर, यीको हालत लाजमर्दाे छ । दुर्गन्धका कारण शौच गर्न असंभव जस्तै छ ।

सार्वजनिक शौचालय नभेटेर आपतमा परेका सर्वसाधारणले सडकका छेउ–कुना भेट्नासाथै लाज–घिन बिर्सेर दिसा र पिसाब गर्नुपर्ने बाध्यता छ । राजधानी काठमाडौंका अधिकांश क्षेत्रहरुमा सार्वजानिक शौचालय नहुदा र भएका शौचालयहरु पनि कामै नदिने अवस्थामा रहेको हु“दा हजारौ सर्वसाधरण सास्ती खेप्नु परेको छ । विदेशी पाहुनाको पहिलो गन्तव्य हो, राजधानी । मुलुकको परिचयसंग सरोकार राख्दछ काठमाडौले । मुलुकको पहिचान मात्रै होइन, हाम्रो विकासको स्तर कति छ भन्ने विश्लेष्ण गर्न सक्छन् विदेशी पाहुनाले । तर, आधारभूत पूर्वाधार शौचालय त छैन राजधानीसंग अरु विकास कस्तो होला प्रश्नै प्रश्नले जेलिएको संघीय मुकाम । महानगररको तथ्यांक अनुसार राजधानीमा २ सय शौचालय छन् । तर, ९० प्रतिशत प्रयोगविहिन र १० प्रतिशत काम चलाउ जस्ता मात्रै छन् । खुलादिशमा मुक्त राष्ट्र घोषणा गरेर राज्यले हाइसन्चो मानेको छ ।

तर आम सर्वसाधारण शौच गर्न मुश्किल छ । तर महानगरले सार्वजनिक शौचालय सेवालाई व्यवस्थित गर्ने दाबी गर्छ । शौचालय जस्तो आधारभूत पूर्वाधारमा अझै कार्यविधि निर्माण गर्ने चरणमा रहेको जवाफ दिन्छ । यसो त भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा राजधानी काठमाडौंका विभिन्न स्थानमा सार्वजानिक शौचालयको यो हरिविजोग छ । सरकारले २० लाख पर्यटक ल्याउने भन्छ तर काठमाठौ फोहोरले लत्पतिएको छ । सरकारले खुल्ला दिसामुक्त घोषणा गरेपनि राजधानी काठमाडौंमा जथाभावी शौच,मलमुत्र र फोहोरका कारण दुर्गगन्ध मात्रै होइन, मानव स्वास्थ्यलाई समेत गम्भिर असर गरिरहेको छ । महानगर लगायतका निकायहरु कागजमै अल्मलिनु अब धेरै ढीला भैसकेको छ । अब छिटो र छोटो प्रकृयाका माध्यमबाट शौचालय जस्तो अत्यावस्यक पूर्वाधारलाई युद्धस्तरमा पुरा गर्न सक्नुपर्छ । सुन्दर र समृद्ध शहरको नाराले मात्रै काठमाडौ स्वच्छ र सभ्य बन्न सक्दैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com