काठमाडौं, ५ मंसिर । बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दीर्घकालीन योजना पूरा गर्दै एक नम्बरको मन्त्रालय बनाउने उद्घोष गर्नुभएको छ। पुरानो ढर्राले नभई समाजवाद उन्मुख कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ रहेको छ ।
उहाँले भन्नुभयो, ‘समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्नुपर्छ । सिक्ने र सिकाउने गरेर मन्त्रालय एक ढिक्का भएर अघि बढ्ने उहाँले बताउनुभयो । कार्यसम्पादनको क्रममा सेवाग्राही अलमल नपरुन् भनेर उहाँले कर्मचारीहरुलाई सचेत समेत गराउनुभयो ।
दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका उहाँले भन्नुभयो– सेवाग्राही अलमलमा नपर्ने गरी कार्यसम्पादन होस् । यो मन्त्रालयमा अनुशासनहीन काम नहोस् ।’अहिलेसम्म मन्त्रालयले पहिल्याएको समस्या समाधान गर्दै अघि बढ्नुपर्छ ।
कैलाली घर भएका भट्ट डा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए भने त्यसअघि प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा उहाँ श्रम मन्त्री बन्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्