ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अतिक्रमणमा परेको नेपाली भूमि फर्काएरै छाड्छौं– नेकपा नेता शर्मा


admin

 

काठमाडौं, ४  मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारले अतिक्रमण परेको नेपालको भूमि फर्काएरै छाड्ने बताउनुभएको छ । आगामी १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ ९क० मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार डिपी ढकालका लागि भोट माग्न आज नगरकोटमा आयोजना गरिएको घरदैलो कार्यक्रममा उहाँले भन्नुभयो, “हाम्रो कालापानी, लिपुलेक, लुम्पियाधुरा फर्काउने अभियान सरकारले शुरु गरिसकेको छ, सरकारले नेपालको एक इन्च भूमि पनि छोड्दैन ।”

उज्यालो, समृद्ध र सुन्दर नेपाल बनाउन नेकपाको विकल्प नभएको बताउँदै उहाँले यहाँको विकासको चाहने आमनागरिकले डिपी ढकाललाई मतदान गर्नुपर्ने बताउनुभयो । आफ्नो पार्टीको कमजोरी र गल्तीविरुद्ध आवाज उठाउने पार्टी नेकपा मात्रै भएको बताउँदै शर्माले भन्नुभयो, “नगरकोट सडक निर्माण अलपत्र परेको बारेमा नेकपाले विरोध ग¥यो, त्यसैले अबको तीन महिनाभित्र भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गर्नेगरी नेकपाले ठेकेदारसँग लिखित सम्झौता गरेको छ, त्यसैले यो सडक निर्माणको बाँकी काम गर्न शुरु भइसकेको छ ।”

कार्यक्रममा सांसद महेश बस्नेतले वर्तमान सरकारले तेलकोटबाट नगरकोट जाने वैकल्पिक सडक निर्माण एवं कालोपत्र गरी स्व। हरिशरण मार्ग नामकरण गरिसकेको, नगरकोटमा नयाँ बसपार्क निर्माण कार्य शुरु गर्न लागिएको, नगरकोटमा पर्यटकीय भ्यू टावर निर्माण आगाडि बढाइएको र हरिगुरु पार्क निर्माण गरिने चर्चा गर्दै चाँगु क्षेत्रको विकासका लागि ढकाल मात्रै उपयुक्त उम्मेदवार भएको दाबी गर्नुभयो ।

कार्यक्रममा नेकपाका सांसद एवं केन्द्रीय सदस्य गणेश पहाडी, केन्द्रीय सदस्य एवं नगरप्रमुख सोमप्रसाद मिश्र, नेकपा जिल्ला अध्यक्ष बचन देउजा, नेता राजेन्द्र राजथला लगायतले विसका गर्न सक्ने उम्मेदवार नेकपामा मात्रै रहेको दाबी गर्नुभयो । राप्रपाको नेता सुरज दर्जीको नेतृत्वमा २० र काँग्रेसका १० जना गरी ३० जना नेकपा प्रवेश गर्नेलाई नेकपा नेताले टीका र माला लगाई पार्टी प्रवेश गराउनुभएको नेकपा अध्यक्ष देउजाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com