ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अतिक्रमणमा परेको नेपाली भूमि फर्काएरै छाड्छौं– नेकपा नेता शर्मा


admin
४ मंसिर २०७६, बुधबार   ७ : ०८   बजे

 

काठमाडौं, ४  मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारले अतिक्रमण परेको नेपालको भूमि फर्काएरै छाड्ने बताउनुभएको छ । आगामी १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ ९क० मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार डिपी ढकालका लागि भोट माग्न आज नगरकोटमा आयोजना गरिएको घरदैलो कार्यक्रममा उहाँले भन्नुभयो, “हाम्रो कालापानी, लिपुलेक, लुम्पियाधुरा फर्काउने अभियान सरकारले शुरु गरिसकेको छ, सरकारले नेपालको एक इन्च भूमि पनि छोड्दैन ।”

उज्यालो, समृद्ध र सुन्दर नेपाल बनाउन नेकपाको विकल्प नभएको बताउँदै उहाँले यहाँको विकासको चाहने आमनागरिकले डिपी ढकाललाई मतदान गर्नुपर्ने बताउनुभयो । आफ्नो पार्टीको कमजोरी र गल्तीविरुद्ध आवाज उठाउने पार्टी नेकपा मात्रै भएको बताउँदै शर्माले भन्नुभयो, “नगरकोट सडक निर्माण अलपत्र परेको बारेमा नेकपाले विरोध ग¥यो, त्यसैले अबको तीन महिनाभित्र भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गर्नेगरी नेकपाले ठेकेदारसँग लिखित सम्झौता गरेको छ, त्यसैले यो सडक निर्माणको बाँकी काम गर्न शुरु भइसकेको छ ।”

कार्यक्रममा सांसद महेश बस्नेतले वर्तमान सरकारले तेलकोटबाट नगरकोट जाने वैकल्पिक सडक निर्माण एवं कालोपत्र गरी स्व। हरिशरण मार्ग नामकरण गरिसकेको, नगरकोटमा नयाँ बसपार्क निर्माण कार्य शुरु गर्न लागिएको, नगरकोटमा पर्यटकीय भ्यू टावर निर्माण आगाडि बढाइएको र हरिगुरु पार्क निर्माण गरिने चर्चा गर्दै चाँगु क्षेत्रको विकासका लागि ढकाल मात्रै उपयुक्त उम्मेदवार भएको दाबी गर्नुभयो ।

कार्यक्रममा नेकपाका सांसद एवं केन्द्रीय सदस्य गणेश पहाडी, केन्द्रीय सदस्य एवं नगरप्रमुख सोमप्रसाद मिश्र, नेकपा जिल्ला अध्यक्ष बचन देउजा, नेता राजेन्द्र राजथला लगायतले विसका गर्न सक्ने उम्मेदवार नेकपामा मात्रै रहेको दाबी गर्नुभयो । राप्रपाको नेता सुरज दर्जीको नेतृत्वमा २० र काँग्रेसका १० जना गरी ३० जना नेकपा प्रवेश गर्नेलाई नेकपा नेताले टीका र माला लगाई पार्टी प्रवेश गराउनुभएको नेकपा अध्यक्ष देउजाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group