
काठमाडौं, ४ मंसिर । खाना पकाउदा एलपी ग्यास प्रयोग नगर्ने घर कमै होलान् । हरेक घरमा चिया पकाउनेदेखि खाना पकाउन समेत एलपी ग्यासको प्रयोग हुने गरेको छ । यसरी नेपालीहरुको ठूलो रकम आयातित ऊर्जामा खर्च भइरहेको हुनाले ऊर्जाविद्हरुले सिलिण्डर ग्यास छोडेर विद्युतीय चुल्हो किन्न सुझाव दिएका छन् । नेपाल विद्युत् प्राधीकरणले पनि विद्युतीय चुल्हो प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
सरकारले अबको दशकलाई ऊर्जा दशकको रुपमा मनाउने घोषणा गरिसकेको छ । सरकारले प्रयाप्त विद्युतीय ऊर्जा सर्वसाधारणलाई दिने पनि बारम्बार जनाउ“दै आएको छ । तर अझै पनि कतिपय जिल्लाका दुर्गम भेगमा जनताहरु अन्धकारमा नै बस्न बाध्य छन् । बिजुलीको अवस्था प्रयाप्त भएको अवस्थामा पनि यसको सदुपयोग हुन नसकेको विज्ञहरु बताउ“छन् । अन्य क्षेत्रमा जस्तै खाना पकाउने ग्या“समा समेत नेपाल परनिर्भर रहेको छ । हरेक घरमा चिया पकाउनेदेखि खाना पकाउनसम्म एलपी ग्यासको प्रयोग भइरहेको छ । यसरी नेपालीहरुको ठूलो रकम आयातित ऊर्जामा खर्च भइरह“दा ऊर्जाविद्हरुले सिलिण्डर ग्या“सको बिकल्पमा विद्युतीय चुल्हो किन्न सुझाव दिएका छन् । विद्युतीय चुल्होबाट खाना पकाउ“दा ४० प्रतिशत लागत कम पर्ने विज्ञहरु बताउ“छन् । ‘एलपी ग्या“सको खर्च र विद्युतीय खर्चको तुलना गर्दा विद्युतीय चुल्हो सस्तो पर्ने बिज्ञहरु बताउ“छन् ।
हुन त, सरकारले पनि खाना पकाउन आयातित एलपी ग्यासको निर्भरतासगै व्यापार घाटामा वृद्धि र वातावरणीय प्रकोपको समस्यालाई न्यूनीकरण गर्न विद्युतीय चुल्होको प्रवद्र्धन गर्न थालेको हो । तर विद्युतीय चुल्होबाट हुने फाइदाबारे जनचेतनाको भने कमी देखिएको छ । सरकारले विद्युतको पहुच र खपत बढाउन तीन वर्षभित्रमा मुलुकभर शतप्रतिशत विद्युतीकरण गर्ने योजना पनि अगाडि सारेको छ ।
नेपालमा वार्षिक झण्डै १३ अर्ब रुपैया“को एलपी ग्यास आयात हुने गरेको छ । यो दर वर्षेनी २१ प्रतिशतका दरले वृद्धि भइरहेको छ । स्वदेशमा उत्पादन हुने विद्युतबाट खाना पकाउने र उद्योगधन्दा स्थापना गर्न सकिने भएकाले राज्यले स्थायी नीति र मापदण्ड निर्धारण गर्नुपर्ने विज्ञहरुको सुझाव छ । सरकारको सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य हासिल गर्न तथा दिगो विकास लक्ष्य हासिल गर्न पनि सरकारको यो योजना सफल पार्नै पर्छ ।








प्रतिक्रिया दिनुहोस्