ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली भूभाग कुनै पनि हालतमा नछोडिने– महामन्त्री कोइराला


admin

काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाउनुभएकामा नेपाली काँगे्रसको पनि समर्थन छ भन्नुभयो ।

महामन्त्री कोइरालाले नेपाल विद्यार्थी सङ्घमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने विधानमा उल्लेख छ भन्दै नेपाली काँग्रेस पार्टी एक भएर अघि बढ्नुपर्ने समय आएको छ भन्नुभयो । उहाँले मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपाली काँगे्रसमा एकीकृत भएपछि फोरम लोकतान्त्रिकबाट केन्द्रीय सदस्यका लागि सिफारिस भएको ११ जनाको विषयमा पार्टीले अध्ययन गरिरहेको बताउनुभयो ।

काँग्रेसको आउने महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने कुरामा आफूले अहिले नै निश्चय नगरेको बताँउदै महामन्त्री कोइरालाले रौतहटका नेपाली काँग्रेस नेता अफताव आलमको विषयमा मुद्दा न्यायालयमा गएकोले केही बोल्नु उपयुक्त नहुने धारणा राख्नुभयो ।उहाँले मुलुकको विभिन्न स्थानमा भइरहेको उपनिर्वाचनमा नेपाली काँग्रेसको समर्थन बढिरहेको बताउनुभयो ।९

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com