धनुषा, ४ मंसिर । सिरहाको लहानबाट २ दिन अघि हराएको डिजेल भरिएको ट्यांकर धनुषाको रमदैयामा रित्तो फेला परेको छ ।
बुधबार बिहान साढे ७ बजे धनुषाको क्षिरेश्वरनाग नगरपालिका –१ रमदैयास्थित राजदेवी मन्दिरको छेउमा पार्किङ गरेको अवस्थामा रित्तो फेला परेको इलाका प्रहरी कार्यालय महोन्द्रनगरका प्रहरी निरीक्षक अमृत दाहालले जानकारी दिनुभयो । उहाँले घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि जानकारी दिनुभयो । अपहरणकारीले नै तेल चोरेको हुन सक्ने आशंका गरिएको छ । सोमवार राती चालक र सहचालकलाई आँखामा पर्टी बाँधेर अज्ञात स्थलमा छोडिएको चालकले प्रहरीलाई बताएका छन् । तेलको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।
निगमको ट्याङ्कर अपहरण, सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन
गएको आइतबार दिउँसो अमलेखगञ्ज डिपोबाट २० हजार डिजेल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका लागि छुटेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर त्यहि राति ११ बजे सिरहाबाट हराएको थियो ।
डिजेल लोड भएको ट्याङ्कर हराएपछि छानबिनको लागि निगमले समिति पनि गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनियर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्