ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहाबाट हराएको ट्यांकर धनुषामा यसरी भयो रित्तो


एबीसी न्यूज
४ मंसिर २०७६, बुधबार   १ : ०६   बजे

धनुषा, ४ मंसिर । सिरहाको लहानबाट २ दिन अघि हराएको डिजेल भरिएको ट्यांकर धनुषाको रमदैयामा रित्तो फेला परेको छ ।

बुधबार बिहान साढे ७ बजे धनुषाको क्षिरेश्वरनाग नगरपालिका –१ रमदैयास्थित राजदेवी मन्दिरको छेउमा पार्किङ गरेको अवस्थामा रित्तो फेला परेको इलाका प्रहरी कार्यालय महोन्द्रनगरका प्रहरी निरीक्षक अमृत दाहालले जानकारी दिनुभयो । उहाँले घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि जानकारी दिनुभयो । अपहरणकारीले नै तेल चोरेको हुन सक्ने आशंका गरिएको छ । सोमवार राती चालक र सहचालकलाई आँखामा पर्टी बाँधेर अज्ञात स्थलमा छोडिएको चालकले प्रहरीलाई बताएका छन् । तेलको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

निगमको ट्याङ्कर अपहरण, सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन
गएको आइतबार दिउँसो अमलेखगञ्ज डिपोबाट २० हजार डिजेल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका लागि छुटेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर त्यहि राति ११ बजे सिरहाबाट हराएको थियो ।

डिजेल लोड भएको ट्याङ्कर हराएपछि छानबिनको लागि निगमले समिति पनि गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनियर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu