ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यथास्थितीमा नेपालमा टेलिभिजन पत्रकारीता चल्न नसक्ने


sharan sharan

बुटवल, ३ मंसिर ।
टेलिभिजन पत्रकारितामा थप चुनौती बढ्दै गएकोले वर्तमान अवस्थामा न्यूज ब्रेकिङ भन्दा पनि मुद्धामा केन्द्रीत हुनुपर्ने सरकोरवालाहरुले बताएकाछन् ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीद्वारा आयोजित तीन दिने लुम्बिनी न्यूज फेस्टिबल अन्तर्गत मंगलबार भएको संघीयतामा टेलिभिजन विषयक छलफलमा सहभागि वक्ताहरुले टेलिभिजन पत्रकारितालाई नयाँ ढंगले सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्यालले अबको टेलिभिजन पत्रकारितामा मुद्दालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहांले टेलिभिजन भन्दा छापा तथा न्यु मिडीयाका माध्यमहरु अगाडी बढ्दै गएको बताउँदै टेलिभिजनलाई नयाँ ढंगलेसञ्चालन गर्नुपर्ने बताउनुभयो । यथास्थितीमा टेलिभिजन सञ्चालन गरे टेलिभिजन पत्रकारीताको भबिश्य समाप्त हुने सम्पादक अर्यालले बताउनुभयो ।
सगरमाथा टेलिभिजनका सम्पादक गणेशमान गुरुङले टेलिभिजनमा काम गर्नेलाई राम्रो समाचार लेखेर नभइ राम्रो खिच्नु पनि पर्ने भएकोले अरु सञ्चारमाध्यम भन्दा यसमा बढी मिहिनेत गर्नुपर्ने बताउनुभयो ।
एबीसि टेलिभिजन प्रदेश ५ व्युरो प्रमुख शरण कर्माचार्यले टेलिभिजनमा ग्रामीण क्षेत्रका नागरिकको सक्रिय सहभागिता गराउन सके टेलिभिजन पत्रकारीता बांच्न सक्ने बताउनुभयो । उहांले पत्रपत्रिका भन्दा टेलिभिजनमा काम गर्नु थप चुनौती भए पनि पारिश्रमिक एउटै भएको कारण दक्ष जनशक्तिको अभाव हुंदै गएको बताउनु भयो । काठमाण्डौ बाहिर महिला टेलिभिजन पत्रकारको खडेरी लागेको बताउंदै महिलाहरुको पत्रकारीता बिबाह पछि सकिने गरेको बताउनुभयो ।
लुम्बिनी सामुदायिक टेलिभिजनका महासचिव तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले केन्द्रका मिडियाले स्थानीय मुद्दालाई प्राथमिकता दिन नसकेको बताउनुभयो । उहांले काठमाण्डौ बाहिर टेलिभिजन स्थापना गरेर संघीयताको अभ्यास सुरु भएको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण जनता टेलिभिजनका समाचार प्रमुख रामकुमार एलनले गर्नुभएको थियो ।
नेपालमै पहिलो पटक आयोजना गरिएको समाचार महोत्सव ‘लुम्बिनी न्यूज फेस्टिवल–२०७६, १६बुँदे घोषणा पत्र जारी गर्दै आज सम्पन्न भएको छ । संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार’ भन्ने नाराका साथ लुम्बिनी प्रेस क्लबले लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा ठूला तथा राष्ट्रिय पत्रिकाका सम्पादकहरु,अग्रज पत्रकार,सञ्चार प्रमुख लगाएत प्रदेश ५ का सबै जिल्ला र देशैभरका अन्य जिल्लाहरुबाट ३ सय बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको आयोजकले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com