काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिहरूको हेरफेर हुने जानकारी गराउनुभएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आफूले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको बताउनु भएको हो ।
ओलीले को–को मन्त्री हट्दैछन र थपिदैछन् भन्नेबारेभने कुनै जानकारी नगराएको एक मन्त्रीले बताए । स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सपथ भोलि (बुधबार) नै हुने भएकाले कुनै औपचारिक कार्यक्रमसमेत नराख्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको स्रोतले बतायो । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरकै विषयमा छलफल गर्न भोलि बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाउनु भएको छ । नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गरिसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्