ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास र समृद्धिका लागि ढकाललाई अर्थमन्त्री बनाउँछौँ– नेता सापकोटा


admin
मंसिर ३, २०७६ मंगलबार  ७ : १४ बजे

काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता एवं पूर्वमन्त्री अग्नि सापकोटाले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल पार्न आगामी उपनिर्वाचनमा नेकपाको उम्मेदवारहरु निर्वाचित हुनुपर्ने बताउनुभएको छ ।

यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ क मा हुने उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार डिपी ढकाललाई भोट माग्न आज नेकपाले छालिङमा आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले चाँगुनारायण प्रदेशबाट ढकाललाई निर्वाचित गरे प्रदेश नं ३ को अर्थमन्त्री बनाउन पहल गर्ने बताउनुभयो । उहाँले आर्थिक क्षेत्रका जानकार ढकालले भक्तपुरको विकासका लागि दत्तचित्त भएर लाग्ने विश्वास दिलाउनुभयोे ।

कार्यक्रममा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले सङ्घीय, प्रदेश र स्थानीय तीनवटै तहका सरकारसँग समन्वय गरेर विकासका लागि धेरै बजेट ल्याएर काम गर्न पनि नेकपाको उम्मेदवार निर्वाचित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उम्मेदवार ढकालले आफू निर्वाचित भए चाँगु क्षेत्रको विकासका लागि प्रदेशबाट ठूलो राशिको बजेट ल्याएर विकास र समृद्धिको काम सफल पार्ने बताउनुभयो । घरदैलोमा चाँगुनारायण नगरपालिकाको छालिङका गाउँगाउँमा पुगेर भोट मागेको थियो ।

सरकारले वाचा पूरा गरेन, काँग्रेस नेता पौडेल

त्यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवानेता प्रदीप पौडेलले निर्वाचनअघि जनताका बीच गरेका कुनै पनि वाचा सरकारले पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेसले आज चाँगुनारायण नगरपालिका–९, ताथलीमा आयोजना गररेको घरदैलो कार्यक्रममा उहाँले जनताको चाहना पूरा गर्न काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई निर्वाचित गर्नुपर्ने बताउनुभयो । उहाँले बूढीगण्डकी आयोजनाका लागि पेट्रोलियम पदार्थबाट अतिरिक्त शुल्क लिएर खडा गरिएको कोषबाट नेपाल आफैँले निर्माण गर्ने भनिएको आयोजना सरकारले बिना प्रतिस्पर्धा चाइनिज कम्पनीलाई दिएको आरोप लगाउनु भएको छ । कार्यक्रममा नेपाली काँग्रेसका युवानेता एवं पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले सरकारले जनचाहनाअनुरुप काम गर्न नसकेको आरोप लगाउँदै उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुने दाबी गर्नुभयो ।

भोट माग्न आयोजना भएको घरदैलो कार्यक्रममा काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, नेपाली काँग्रेस भक्तपुरका उपसभापति हरिप्रसाद नेपाल, सचिव निशान ढुङ्गेल, क्षेत्रीय सभापतिहरु जीवन खत्री, नारायण खयमली लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

सम्बन्धित

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com