ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको संविधानले मानवअधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ– सभामुख भण्डारी


admin
मंसिर ३, २०७६ मंगलबार   २ : ३२   बजे

काठमाडौं, ३ मंसिर । ‘समृद्ध नेपाल र सुखी नेपाली’को निम्ति मानव अधिकार पूर्णरुपमा संरक्षण हुनुपर्नेमा वक्ताहरुले जोेड दिएका छन् ।

विश्वव्यापी आवधिक समीक्षामा नेपालबाट प्रस्तुत हुने मानव अधिकार क्षेत्रका बुँदामा आवश्यक छलफलका लागि राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले विकास मात्रले मानव अधिकार स्थापित हुन नसक्ने भएकाले यसको संरक्षणका लागि संविधानले दिएको अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घको स्थापनापछि मानवअधिकारको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नको लागि संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकार कानून र सोसम्बन्धी विभिन्न प्रकारका संयन्त्रणको विकास गर्दै आइरहेको सन्दर्भमा सदस्य राष्ट्रलाई बढी जिम्मेवार र उत्तरदायी बनाउने एवं मानवअधिकारप्रतिको प्रतिबद्धताको पालना गराउने उद्देश्यका साथ स्थापना भएको मानवअधिकार परिषद्को अगामी सन् २०२० मा नेपालले गरेको प्रगतिका विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले नेपालको संविधानले मानवअधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै महिला, बालबालिका र फरक क्षमता भएका मानिसको अधिकारलाई रक्षा गर्न संविधानको पूर्ण कार्यान्वयन हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले मानव अधिकारको पहिलो रक्षक राज्य भएकाले यसतर्फ राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । प्रदेशका मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले मानवअधिकारको क्षेत्रमा नेपालको संविधान, कानून र जागरणको हिसाबले अगाडि छ भन्नुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले मानव, पृथ्वी, समुन्नति, सुरक्षा र सुशासनलाई बलियो बनाउन सकियो भने मानवअधिकारमा प्रश्न उठन नसक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेललगायत सुनसरी, मोरङ र झापाका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मानवअधिकार क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका धेरै स्थानमा आज पानी पर्ने, काठमाडौंमा बिहानैदेखि वर्षा

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

सम्बन्धित

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज सातै प्रदेशमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group