ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नदीमा झोलुङ्गे निर्माण कार्य अलपत्र :डुङ्गा र अस्थायी बाँसे पुल ठेकेदारलाई कमाई खाने भाँडो बनेपछि.. (भिडियोसहित)


admin

झापा,३ मंसिर । मेची नदी छेउमै १११ र ११२ पिलरले नेपाल–भारतको सीमा छुट्टाएको छ । सीमाले छुट्टाएको मेची नदी झापाको कचनकवल गाउँपालिका ५ स्थित पाठामारीमा पर्छ । नदीमा झोलुङ्गे पुल बन्छ भन्ने कुरा स्थानीयका लागि एका देशको कथा जस्तो भइसकेको छ । चार वर्षअघि ठेक्का लागेको झोलुङ्गे पुल अलपत्र अवस्थामा छाडेर अहिले निर्माण कम्पनी फरार भएका छन् ।

झापाको कचनकवल गाउँपालिका ५ स्थित पाठामारी र भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लामा पर्ने ठाकुरगञ्ज र धोबीभिट्टा गाउँ जोड्ने मेची नदीमा झोलुङ्गे पुल बनाउने ठेक्का लागेको छ । तर, चार चार बर्षसम्म मेची नदीको वारिपारि दुई वटा पिलर गाडेर निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहिन बन्दा स्थानीयलाई सास्ती झेल्नु परेको छ । ठेक्का लागेको पुल बनाउन छाडेर ठेकेदार फरार हुदाँ नदी तर्न स्थानीय शुल्क तिर्न बाध्य छन् । भारतीय बजारमा आत्मर्निभर सीमावासी बर्खायाममा डुङ्गा र हिउँदमा अस्थायी बाँसे पुलको सहयोगमा नदी तर्दा शुल्क तिर्नुपर्ने हुन्छ ।

सरकारले २०७२ सालमा दुवै देशका नागरिकको यातायात सुविधालाई लक्षित गरी मेची नदीमा झोलुङ्गे पुल बनाउन करिब ३ करोड लागतमा ठेक्का लगाएको छ । निल गिरी निर्माण सेवा बानेश्वर, काठमाडौँले सो पुलको ठेक्का लिएको हो । निर्माण व्यवसायी युवराज डाँगीले ठेक्का लिएको पुल कहिले बन्ला भनेर त्यहाँका जनप्रतिनिधि र स्थानीय अनविज्ञ देखिएका छन् । बेला बेला ठेकेदार र कामदार आउने, हेर्न र फर्किने गरेको स्थानीय भुवेन्द्रप्रसाद गणेशले गुनासो पोख्छन् ।

नदीमा झोलुङ्गे निर्माण कार्य अलपत्र हुँदा डुङ्गा र अस्थायी बाँसे पुल ठेकेदारलाई कमाई खाने भाँडो बनेको छ । बर्खायाममा डुङ्गा चलाउने र हिउँदमा अस्थायी बाँसे पुल बनाउने ठेकेदारले मेची नदी तर्दा स्थानीयबाट शुल्क उठाउँदैछ । गतबर्ष ठेक्का नलगाएको कचनकवल गाउँपालिकाले यसबर्ष पुलको ठेक्का लगाएको छ । ठेकेदारले बाँसे पुल चढ्ने मान्छेबाट ५ रुपैयाँ, साइकलबाट १० रुपैयाँ, मोटरसाइकलबाट २० रुपैयाँ रकम असुल्दै आइरहेको छ । ठेकेदार जलाल मियाले ४ लाख २० हजारमा बाँसे पुलको ठेक्का लिएको बताएका छन् । विकासबाट पछि परेको पाठामारी गाउँमा मुस्लिम र राजवंशी समुदायको बसोबास बाक्लो छ । उनीहरू सरसामान खरिददेखि पारिवारिक सम्बन्ध गाँस्न पनि भारतकै भर पर्छन ्। पाठामारी लगायत कचनकवल गाउँ आसपासका केटाकेटीको विवाहको प्रस्ताव लिएर भारत जाँदा त्यहाँका परिवार केटाकेटी नेपालमा पठाउन नै चाहँदैन स्थानीय मोहम्मद खैरुदिनले बताए ।

ठेकेदारको चरम लापरबाहीले नदीको झोलुङ्गे पुल अलपत्र अवस्था पारिएको छ । पुल निर्माणपछि दीर्घकालीन समस्या टर्ने स्थानीयको मनमा ठुलो आशा जागेको थियो, तर त्यो आशा पुरा हुने छांटकाट देखिदैन । निर्माण स्थलमा कामदारको लागि टहरा बनाइएको थियो । तर, टहरा अहिले कुनै पनि कामदार छैन । निर्माण स्थलमा पुलको बजेट उल्लेखित साइनबोर्ड समेत छैन । बोर्ड नहुँदा पुलको लागत बजेट, इस्टिमेट, समय अवधि त्यहाँका स्थानीय नभई गाउँपालिका अध्यक्ष अञ्जार आलमलाई समेत थाहा छैन ।

सङ्घीय सरकार मातहत ठेक्का लागेको मेची नदीमा अहिले दुई वटा झोलुङ्गे अलपत्रमा अवस्थामा छाडिएको छ । झोलुङ्गे पुल हेर्न आधिकारिक निकाय झापा नहुँदा ठेकेदारको लापरवाही बढेको हो । कचनकवल ५ स्थित पाठामारी र भद्रपुर ३ स्थित मेचीपारिमा निर्माणाधीन अवस्थामा रहेको दुवै झोलुङ्गे पुल निल गिरी निर्माण सेवाका ठेकेदार युवराज डाँगीले नै लिएको हो । दुवै पुलको समय अवधि तोकिएको सीमा म्याद भन्दा दुई वर्ष बढी नाघिसकेको छ । सस्पेन्सन ब्रिज डिभिजन काठमाडौँले हेर्न झोलुङ्गे पुलको अहिलेसम्म अनुगमन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com