ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय रुटमा बस सेवा सुरु (भिडियोसहित)


admin
३ मंसिर २०७६, मंगलबार   १ : २८   बजे

बाँके,३ मंसिर । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय रुटमा बस सेवा सुरु गरेको छ । ५ नम्बर प्रदेशमा नै पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नै बस सञ्चालन गरेको हो । डेढ महिना अगाडिबाट उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका बसहरुले स्थानीय रुटहरुमा सेवा प्रदान गरिरहेका छन् ।

पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिकाले सात वटा ठुला बसहरु सञ्चालनमा ल्याएको छ । अहिले यी बसहरु कोहलपुर–जमुनाहा नाका र नेपालगञ्ज–सितापुर सडक खण्डमा सञ्चालन भइरहेका छन् । भविष्यमा उपमहानगरपालिकाले यी बसमार्फत नै शहरलाई गाउँसम्म जोड्ने लक्ष्य राखेको छ । यातायात व्यवसायीहरुले बस सेवा सञ्चालन नगरेका स्थानीय सडकहरुमा बस सञ्चालन गर्नेगरी उपमहानगरपालिकाले बस खरिद गरेको हो । अहिले रुट परमिट नपाउँदा सबै सडकमा उपमहानगरपालिकाले बस सञ्चालन गर्न सकेको छैन । लक्षित वर्गका लागि केन्द्र सरकारबाट आएको पैसाले बस खरिद गरिएको हो । गत आर्थिक वर्षको अन्तिममा आएको पैसा खर्च नभएर फिर्ता जाने देखेपछि उपमहानगरपालिकाले तीन करोड ४५ लाख ५० हजार ७ सयमा रुपैयाँमा सात वटा बस खरिद गरेको थियो । सात वटै बसमा महिला सहचालकहरु रहेका छन् ।

निकट भविष्यमा नै चालकहरु समेत महिला नै राख्ने उपमहानगरले जनाएको छ । महानगरपालिका घोषणामा समेत बस सञ्चालनले केही भएपनि सहयोग पु¥याउने नगर प्रमुख डाक्टर धवल शमशेर राणा बताउँछन् । बसको आम्दानी लक्षित वर्गको उत्थानका लागि खर्च गर्नको लागि नगर साझेदारी शीर्षकमा राख्ने निर्णय भएको उनले बताए ।नगर बसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि कार्यविधि समेत बनाइएको छ । काठमाडौंको साझा बस जसरी नै ठूला नगर बस सञ्चालन भइरहेका छन् । एकजना यात्रु भएपनि बस गन्तव्यसम्म पुग्ने गरेका छन् । अहिले स्थानीय रुटमा सञ्चालमा रहेका बस भन्दा उपमहानगरपालिको सञ्चालन गरेका बसहरु धेरै क्षमता र ठुला रहेका छन् । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उपमहानगरपालिको ल्याएका सिटी बसलाई प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए । नीजी क्षेत्रबाट सञ्चालनमा रहेका यातायातका साधनहरु कम नाफा हुने क्षेत्रमा नजाने भएकाले यात्रुहरुले दुःख पाइरहेको भन्दै मुख्यमन्त्री पोखरेलले सिटी बस सञ्चालनले केही भएपनी यात्रुहरु सुविधा दिने दाबी गरे ।

केही समयमा नै रुट परमिट पाए उपमहानगरपालिकाले डुडुवाको कम्दी, बेतहनी, गौघाट लगायतका सडकमा पनी बस सञ्चालन गर्ने जनाएको छ । महानगरको अभियानमा लम्केको नेपालगञ्जलाई गाउँ–शहर जोड्ने यस प्रयासले कस्तो नतिजा देला त्यो हेर्न केही समय कुर्नेपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group