ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोगले ल्यायो नयाँ महशुल निर्देशिका


admin
मंसिर २, २०७६ सोमबार  ८ : ५९ बजे

काठमाडौं,२ मंसिर  । दुई आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरेपछि मात्रै नयाँ महसुल दर लागू गर्न सकिने प्रावधानसहितको नयाँ व्यवस्था विद्युत् नियमन आयोगले सार्वजनिक गरेको छ ।

आयोगले आज जारी गरेको ‘उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६’ मा दुई आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन तथा चालू आर्थिक वर्ष एवं आगामी आर्थिक वर्षको प्रक्षेपित वित्तीय विवरण पेश गर्नुपर्ने प्रावधान छ । नेपाल विद्युत् प्राधिकरणले नयाँ महशुल दर तय गरी स्वीकृतिका लागि आयोग समक्ष पेश गरेको थियो । प्राधिकरणको प्रस्तावलाई स्वीकृति दिनुअघि आयोगले नयाँ निर्देशिका जारी गरेको हो । आयोगले विभिन्न छ सिद्धान्तमा रही नयाँ महशुल निर्धारण गर्नेसमेत उक्त निर्देशिकामा उल्लेख छ ।

उपभोक्ताको हकहित संरक्षण, विद्युत्को आपूर्ति तथा गुणस्तर, नियमितता, पर्याप्तता एवं सुरक्षाको सुनिश्चितता, वितरण अनुमतिपत्र प्राप्त व्यक्तिको व्यावसायिकता तथा प्रभावकारिता अभिवृद्धि, प्रणाली सुधार तथा यस सम्बन्धमा हुने लगानीको स्रोत परिचालनको आवश्यकता, वितरण अनुमति प्राप्त लगानीमा न्यायोचित प्रतिफल र नेपाल सरकारको नीति तथा कार्यक्रमका आधारमा महशुल निर्धारण हुनेछ ।

यस्तै आयोगले पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन नभएमा वितरण अनुमति प्राप्त व्यक्तिको व्यवस्थापनले प्रमाणीकरण गरेको वित्तीय विवरणलाई समेत मान्यता दिने निर्देशिकामा उल्लेख छ । यस्तै उपभोक्ताको वर्गअनुरुप बिजुली बिक्रीबाट प्राप्त हुने आम्दानी तथा ऊर्जा उपभोग शुल्क, अन्य स्रोतबाट प्राप्त हुने आम्दानी, लगानीबाट प्राप्त हुने वार्षिक प्रतिफल, विद्युत्को स्रोतअनुसारको विद्युत् खरीद परिमाण र लागतसमेत उल्लेख गर्नुपर्नेछ ।

विद्युत् उत्पादन संयन्त्रको वार्षिक खर्च कर्मचारी तथा ह्रासकट्टी खर्चबाहेक, विद्युत् प्रसारण प्रणाली एवं वितरण प्रणालीको वार्षिक खर्च ह्रासकट्टी दर तथा रकम, व्याजको भुक्तानी रकमसमेत उल्लेख गर्नुपर्ने निर्देशिकामा समावेश गरिएको छ । यस्तै देशको आर्थिक सूचकाङ्क र सरकारको विद्युत् विकासका सम्बन्धमा अपनाएको नीतिका साथै विगतमा भएका महशुल निर्धारण, वितरण अनुमति प्राप्त व्यक्तिको महशुलको अत्याधिक वृद्धिको परिस्थितिलाई सीमित गर्न वितरण अनुमतिपत्र प्राप्त व्यक्तिको आम्दानीलाई आगामी वर्षमा समायोजन हुने गरी व्यवस्था गरिने निर्देशिकामा उल्लेख छ ।आयोगले महशुल निर्धारण गरेपछि उक्त महशुल लागू हुने मितिसमेत तोक्नेछ र उक्त मितिपश्चात् वितरण अनुमति प्राप्त व्यक्तिले उपभोक्तालाई जारी गर्ने बिलको हकमा लागू हुनेछ । निर्देशिकाबमोजिम महशुल दर निर्धारण वा परिवर्तन नगरेसम्म आयोगले निर्धारण गरेको पछिल्लो महशुल दर नै कायम हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

सम्बन्धित

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com