ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन वर्षभित्र सबै क्षेत्रमा सडक र पुलको पहुँच पु¥याइन्छ– मुख्यमन्त्री राई


admin
मंसिर २, २०७६ सोमबार  ८ : ०१ बजे

काठमाडौं,२ मंसिर  । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अगामी तीन वर्षभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलको पहुँच पु¥याउने बताउनुभएको छ ।

सदरमुकामसँग दक्षिणी क्षेत्र जोड्ने घोरेटार सडकखण्डअन्तर्गतको मानेभञ्याङस्थित पिखुवा खोलाको मोटरेबल पुल र भोजपुर रङ्गशालाको आज शिलान्यास गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री राईले जिल्ला जोड्ने अरुण, दूधकोशी, सुनकोशी नदीलगायत सानाठूला सबै पुल र सडकका आयोजनाका ठेक्का प्रक्रिया अगाडि बढाइसकेको उल्लेख गर्दै जिल्लाको विकास र समृद्धिका निम्ति गुरुयोजना अगाडि बढाइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारको एउटै मात्र चाहना विकास हो, यसलाई सङ्घीय प्रणालीअन्तर्गत तीन तहको ढाँचाबाट पूरा गर्न सकिन्छ ।”प्रदेश र सङ्घीय सरकारमार्फत सञ्चालन हुने यस्ता आयोजनाको निगरानीमा जोड दिन उहाँले स्थानीय सरकारलाई आग्रह पनि गर्नुभयो ।पिखुवा खोलाको मोटरेबल पुल करीब रु छ करोड र रङ्गशाला रु १४ करोड पाँच लाख २६ लागतमा बन्ने जनाइएको छ । पूर्वाधार कार्यालय, भोजपुरका प्रमुख राजनराज रेड्डीले पिखुवा खोलाको पुल २०७८ साल र रङ्गशाला २०८० सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

सम्बन्धित

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com