काठमाडौं,२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार युवासंघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालको एक इन्च जमिन नछोड्ने घोषणाले भारतीय मिडिया तातेको छ। सन् १९६२ देखि कब्जामा लिएको नेपालको भूमि कालापानीमा रहेको भारतीय सेनालाई फिर्ता जान भन्दै गरेको भाषणलाई दिल्लीले नरुचाएको संकेत भारतीय मिडियाहरूले गरेका छन् ।
भारतीय मिडियामा प्रधानमन्त्री ओलीको हवाला दिँदै पछिल्लो समय भारतले जारि गरेको नक्सालाई रद्दीको कागजको संज्ञा दिएको मानिएको छ । प्रधानमन्त्री ओलीले नक्सा जसले पनि छाप्न सक्ने तर नेपालको एक इन्च जमिन पनि कसैले लिन नसक्ने वा कसैलाई नदिइने उल्लेख गर्नुले उनीहरूको नियतमाथि धक्का पुगेको महसुस गरेका छन् । भारतीय सुरक्षा बललाई कालापानीबाट हटाइने र नेपालको माटोको सुरक्षा गरिने प्रधानमन्त्री ओलीको घोषणाले भारतीय मिडिया र मोदी प्रशासनलाई नराम्रोसँग पोलेको मान्न सकिन्छ । नेपालले भारतीय राजनीतिको आन्तरिक समस्यालाई नस्वीकार्ने मात्र होइन उनीहरूले कश्मीरको अस्तित्वलाई नयाँ ढंगले प्रस्तुत गर्दै जारि गरिएको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकको जमिन अतिक्रमण कुनै पनि हालतमा सह्य नहुने प्रधानमन्त्री ओलीको प्रष्ट धारणासँगै भारतीय सत्ताको नियत मिडियामा छरपष्ट भएको छ ।
नेपालका राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारण समेत प्रधानमन्त्रीको घोषणाले अत्यन्त खुसि भएको भारतीय मिडियाको बुझाई छ, जसले उनीहरूलाई नेपालको अतिक्रमित भू–भाग बाट पछाडी हट्न मजबुर बनाउनेछ ।
प्रतिक्रिया दिनुहोस्