ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन २०७६ – उम्मेदवारबीच कडा प्रतिस्पर्धा


एबीसी न्यूज

काठमाडौं, २ मंसिर । मङ्सिर १४ गते हुने उपनिर्वाचनले बागलुङको पश्चिम क्षेत्रमा राजनीतिक चहलपहल बढेको छ । बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा ९ख० का सांसद टेकबहादुर घर्तीको निधनपछि उपनिर्वाचन हुन लागेको त्यस क्षेत्रमा राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार आमसभा, घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त रहेका छन् । उपनिर्वाचनमा बागलुङमा वाम गठबन्धन (नेकपा र राजमो) केन्द्रीय तालमेलका कारण नेकपाले राजमोका उम्मेदवार खिमविक्रम शाहीलाई सर्मथन गरी चुनावी अभियानमा जुटेको छ भने नेपाली काङ्ग्रेसबाट जीत शेरचनलगायत दश उम्मेदवार प्रदेशसभा निर्वाचनमा होमिएका छन् ।

वाम गठबन्धनको विरुद्धमा नेकपाका स्थानीय नेता शेरमान घर्तीले बागी उम्मेदवारी दिएका थिए । शेरमानको उम्मेदवारी फिर्ता गराउने र फिर्ता गर्न नदिने चलखेलका बीच विज्ञप्तिमार्फत शेरमानले वामपन्थी गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई सर्मथन गर्नुभयो । उहाँ अहिले गिलास चिह्नमा भोट माग्न व्यस्त छन् । बागी उम्मेदवारी फिर्ता लिन हेलिकप्टर चढेर जिल्ला सदरमुकाम आएको घर्ती २० मिनेट ढिला भएका कारण उहाँको उम्मेदवारी फिर्ता हुन सकेन । उहाँका नाममा निर्वाचन आयोगले क्लिप चिह्नसमेत प्रदान ग¥यो तर उहाँ भने गिलास चिह्नमा मत माग्न सक्रियताका साथ लागि रहनुभएको छ । पार्टीप्रति आफ्नो अन्तरविरोध रहे पनि केन्द्रीय तहदेखि भएको तालमेललाई स्वीकार गरी सार्वजनिक रुपमा वाम उम्मेदवारलाई सर्मथन गरेको बागी उम्मेदवार घर्तीले बताउनुभयो । “म वाम गठबन्धनका उम्मेदवार खिमविक्रम शाहीलाई गिलास चिह्नमा मत माग्न व्यस्त छु”, घर्तीले भन्नुभयो, “पार्टी एकीकरणपछि कुनै जिम्मेवारी नपाउँदा निराश भएको थिए, अहिले मेरो माग सम्बोधन भएका छन् ।”

घर्ती वाम गठबन्धनको चुनावीसभा, घरदैलो तथा भेटघाटमा उम्मेदवारसँगै जनताको माझमा गएको नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार बागी उम्मेदवारी कायम गर्न भूमिका खेल्ने दुई नेता तुल्सीराम अर्याल र दधिराम अर्याललाई भने नेकपाले साधारण सदस्यता नरहने गरी कारवाही गरी सकेको छ । जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका समेटिएको प्रदेश सभामा विभिन्न राजनैतिक दल तथा स्वतन्त्र गरी दश उम्मेदवार चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो ।

उम्मेदवारले ढोरपाटनमा विमानस्थल सञ्चालन गर्न पहल गर्नेदेखि रोजगारी सिर्जना गर्ने खालको उद्योग स्थापना गर्नेसम्मका एजेण्डा लिएर गाउँ छिरेका छन् । संयुक्त वाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही, काङ्ग्रेसका तर्फबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोक विक, राप्रपा संयुक्तबााट निमबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मंगोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगर र स्वतन्त्र रुपमा सन्तोष भण्डारीले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिएका छन् । जसमध्ये मुख्य प्रतिस्पर्धा वाम गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही र काङ्ग्रेसका उम्मेदवार जीत शेरचनबीच नै हुने स्थानीय बुद्धिजीवी बताउँछन् ।

दलबाट तथा स्वतन्त्ररुपमा उठेका उम्मेदवारले बागलुङको पिछाडिएको क्षेत्रलाई विकास गरी समृद्ध पश्चिम निर्माण गर्न आफूलाई मतदान गर्नुपर्ने दाबी गर्दै भोट माग्न गाउँ पसेका छन् । खासगरी जिल्लाकै विकट स्थानका रुपमा चिनिँदै आएको यस क्षेत्रमा शिक्षा, विद्युत्, यातयात, पर्यटन, कृषिको बजारीकरणलगायतका क्षेत्रमा काम गर्ने सबै दलले प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com