ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि प्राविधिक र आलु व्यापारीको मिलेमतोमा आलुको बीउमा बदमासी(भिडियोसहित)


admin

तनहुँ,१ मंसिर । तनहुँको व्यास नगरपालिकाका कृषि प्राविधिक र आलु व्यापारीको मिलेमतोमा बीउ आलुमा बदमासी भएको सार्वजनिक भएको छ । सरकारी कर्मचारी र व्यापारीले बीउ आलु भन्दै बजारमा पुर्र्याएका छन् । बजारमा बीउ आलुको निकै माग छ । चर्काे मागको माहोलमा बीउ आलुमा कर्मचारी र व्यापारीको योजनामा चरम बदमासी भएको हो ।

बीउ आलुको साटो बजारमा भण्डार गरिएको अप्रमाणित आलु गुणस्तरीय भन्दै किसानलाई बिक्री गरिएको छ । तनुहु व्यास नगरपािलकाका कृषि प्राविधिक मनबहादुर विक र पोखराका आलु व्यापारी सन्दिप बर्माको मिलेमतोमा बीउ आलुमा बदमासी भएको खुलासा भएको हो । कृषि प्राविधिक विक र व्यापारी बर्माले फर्जी कागज बनाएर अप्रमाणति बीउ किसानलाई बिक्री गरेको काभ्रेका कृषकले बताएका छन् । नगरका प्राविधिक विक र व्यापारीको मिलेमतोमा साढे १६ टन बीउ आलु बजारमा पुराइएको खुलासा भएको छ । एबीसी टेलिभिजनको कृषि बहस कार्यक्रममा बीउ आलुमा भएको बदमासीको कृषक राजेन्द्र थापाले खुलासा गरेका हुन् ।

नेपालमा करिब २० लाख दाना बीउ आलुको माग हुन्छ । नार्कको अनुसन्धानबाट ३ लाख बीउ आलु तयार गरिन्छ । वैज्ञानिकहरुका अनुसार एउटा बीउ आलु उत्पादन गर्न प्रति बीउ आलु दानामा औसत १५ रुपैया पर्दछ बजारमा माग बद्दो छ । तर बीउ आलु किसानले सहजै पाउन कठिन छ । बीउ बिजन सम्बन्धी नियमन अनुगमन गर्ने मा भएको चरम बदमासी भएमा कार्वाही हुने कानुनी व्यस्था छ । बीउ बिजन ऐन संशोधन २०६४ को दफा १९ अनुसार कानुनी कार्वाही गर्ने व्यवस्था छ । यो ऐन मुद्दामा सरकारी बादी हुनेछ । यस्तो कानुनी व्यवस्था हुदा हुदै सरकारी अधिकारीहरुले नै बदमासी गरेको भेटिएको छ । यद्यपी सरकारले सिड भिजन २०२० घोषणा गरेको छ । सरकारी घोषणा भएपनि कृषकले बीउ नपाउने अवस्था छ । तर सरकारी अधिकारीहरु कृषकको घर खेतमै गुणस्तरीय बीउ पुराउने भिजनको लक्ष्य भएको बताउन छोड्दैनन्

बीउ आलु उत्पादन गर्न प्राविधिक हिसाबले कठिन कार्य हो नै, यसैमा पनि बजारमा बीउ आलुको अत्याधिक माग छ । आन्तरिकरुपमा बीउ आलु किसान कहां पुराउन सरकारी तथा सूचिकृत बीउ उत्पादकहरुलाई हम्मे हम्मे परेको छ । बजारमा बीउ आलुको सिजनमा चर्काे मागको अवसर पारेर सरकारी कर्मचारी र व्यापारीको मनलाग्दी भएको हो । बीउ बीजन ऐन २०४५ अनुसार दोषीलाई कार्वाही गरि कृषकलाई सहज बीउ पाउने व्यवस्था गर्न राज्य बढी जिम्मेवार बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com