ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि प्राविधिक र आलु व्यापारीको मिलेमतोमा आलुको बीउमा बदमासी(भिडियोसहित)


admin
मंसिर १, २०७६ आईतबार  ३ : ३३ बजे

तनहुँ,१ मंसिर । तनहुँको व्यास नगरपालिकाका कृषि प्राविधिक र आलु व्यापारीको मिलेमतोमा बीउ आलुमा बदमासी भएको सार्वजनिक भएको छ । सरकारी कर्मचारी र व्यापारीले बीउ आलु भन्दै बजारमा पुर्र्याएका छन् । बजारमा बीउ आलुको निकै माग छ । चर्काे मागको माहोलमा बीउ आलुमा कर्मचारी र व्यापारीको योजनामा चरम बदमासी भएको हो ।

बीउ आलुको साटो बजारमा भण्डार गरिएको अप्रमाणित आलु गुणस्तरीय भन्दै किसानलाई बिक्री गरिएको छ । तनुहु व्यास नगरपािलकाका कृषि प्राविधिक मनबहादुर विक र पोखराका आलु व्यापारी सन्दिप बर्माको मिलेमतोमा बीउ आलुमा बदमासी भएको खुलासा भएको हो । कृषि प्राविधिक विक र व्यापारी बर्माले फर्जी कागज बनाएर अप्रमाणति बीउ किसानलाई बिक्री गरेको काभ्रेका कृषकले बताएका छन् । नगरका प्राविधिक विक र व्यापारीको मिलेमतोमा साढे १६ टन बीउ आलु बजारमा पुराइएको खुलासा भएको छ । एबीसी टेलिभिजनको कृषि बहस कार्यक्रममा बीउ आलुमा भएको बदमासीको कृषक राजेन्द्र थापाले खुलासा गरेका हुन् ।

नेपालमा करिब २० लाख दाना बीउ आलुको माग हुन्छ । नार्कको अनुसन्धानबाट ३ लाख बीउ आलु तयार गरिन्छ । वैज्ञानिकहरुका अनुसार एउटा बीउ आलु उत्पादन गर्न प्रति बीउ आलु दानामा औसत १५ रुपैया पर्दछ बजारमा माग बद्दो छ । तर बीउ आलु किसानले सहजै पाउन कठिन छ । बीउ बिजन सम्बन्धी नियमन अनुगमन गर्ने मा भएको चरम बदमासी भएमा कार्वाही हुने कानुनी व्यस्था छ । बीउ बिजन ऐन संशोधन २०६४ को दफा १९ अनुसार कानुनी कार्वाही गर्ने व्यवस्था छ । यो ऐन मुद्दामा सरकारी बादी हुनेछ । यस्तो कानुनी व्यवस्था हुदा हुदै सरकारी अधिकारीहरुले नै बदमासी गरेको भेटिएको छ । यद्यपी सरकारले सिड भिजन २०२० घोषणा गरेको छ । सरकारी घोषणा भएपनि कृषकले बीउ नपाउने अवस्था छ । तर सरकारी अधिकारीहरु कृषकको घर खेतमै गुणस्तरीय बीउ पुराउने भिजनको लक्ष्य भएको बताउन छोड्दैनन्

बीउ आलु उत्पादन गर्न प्राविधिक हिसाबले कठिन कार्य हो नै, यसैमा पनि बजारमा बीउ आलुको अत्याधिक माग छ । आन्तरिकरुपमा बीउ आलु किसान कहां पुराउन सरकारी तथा सूचिकृत बीउ उत्पादकहरुलाई हम्मे हम्मे परेको छ । बजारमा बीउ आलुको सिजनमा चर्काे मागको अवसर पारेर सरकारी कर्मचारी र व्यापारीको मनलाग्दी भएको हो । बीउ बीजन ऐन २०४५ अनुसार दोषीलाई कार्वाही गरि कृषकलाई सहज बीउ पाउने व्यवस्था गर्न राज्य बढी जिम्मेवार बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com