ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि मन्त्रालयले बितरण गरेको अनुदानमा व्यापक दुरुपयोग, प्रतिवदेन सार्वजनिक(भिडियोसहित)


admin

काठमाडौं, १ मंसिर । प्रदेशको कृषि, वन तथा वातावरण समितिले प्रदेश ५ कृषि मन्त्रालयले बितरण गरेको अनुदानको चरम दुरुपयोग भएको सार्वजनिक भएको छ । समितिले प्रतिबेदन बुझाएपछि प्रदेश ५ कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयले अनुगमन शुरु गरेको छ । प्रदेशको १२ जिल्लामा बितरण गरेको अनुदानको व्यापक दुरुपयोग गरेको प्रतिवदेन सार्वजनिक भएपछि मन्त्रालय आफै अनुमगनमा जुटेको हो ।

व्यवसायिक तरकारी खेती गर्न भन्दै प्रदेश सरकारबाट रूपन्देहीको शुद्धोधन गाउँपालिका–३ स्थित अधिकारी तरकारी फर्मले चार लाख अनुदान लिएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र स्वयं किसानबाट ५०/५० प्रतिशत गरी कुल आठ लाख लागत हुनेगरी तरकारी खेतीका लागि अनुदान उपलब्ध गराइए हो । प्रदेशको कृषि, वन तथा वातावरण समितिले स्थलगत अनुगमन गर्दा खेतमा तरकारी होइन, तोरी हुर्कंदै थियो ।समितिले अन्तिम प्रतिवेदन दिएर अनुदान दुरुपयोगमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएपछि मन्त्री आरती पौडेलको नेतृत्वमा प्रदेश मन्त्रालय सरकारले स्थलगत अनुगमनमा जुटेको छ । शुक्रबार रूपन्देहीको शुद्धोधनस्थित अधिकारी तरकारी फर्ममा मन्त्री पौडेल पुग्दा संसदीय समितिले भनेजस्तै तरकारी फल्नुपर्ने खेतमा तोरी फुलिरहेको थियो । मन्त्री पौडेलले तरकारीबारे सोधखोज गर्दा फर्म सञ्चालक नारायण अधिकारी अक्क न बक्क परे ।

व्यावसायिक तरकारी खेती गर्ने फर्ममा सरकारको लगानी के मा भयो भन्दा देखिने कुनै पूर्वाधार थिएन । अनुगमनपछि अनुदान दुरुपयोग भएको ठहर गरेपछि रकम फिर्ता गर्ने भएको छ । संसदीय समितिले अनुगमन गर्दा सरकारले उपलब्ध गराएको अनुदानमा चरम बेथिति र बदमासी भएको फेला पारेपछि अख्तियारले पनि छानबिन थालेको छ । संसदीय समितिले गत बिहिबार अन्तिम प्रतिवेदन मुख्यमन्त्री शंकर पोखरेल र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई बुझाएको थियो ।शुक्रबार नै रूपन्देहीको सियारी–५ स्थित रूपन्देही एकीकृत कृषि फर्मको पनि मन्त्री पौडेलले अनुगमन झरेकी थिईन । त्यहाँ उन्नत जातको बाख्राका लागि ५० हजार अनुदान दिइएको थियो । तर फर्मका सञ्चालक तथा निजामती कर्मचारी समेत रहेका हरि खनालले भने अनुदान रकम पाए लगत्तै अर्जुन भुसाललाई फर्म नै बिक्री गरिसकेका रहेछन । स्थलगत अध्ययनपछि मन्त्री पौडेलले सो फर्मको पनि अनुदान वापतको रकम फिर्ता गर्न निर्देशन दिईन् ।

मन्त्रालयबाट आरम्भ एकीकृत फर्म गैडहवा रूपन्देहीले ४५ लाख ४३ हजार अनुदान पाएको थियो । पशुको सन्तुलित आहार बनाउने मेसिन (टिएमआर ब्लक) खरिदका लागि ठूलो रकम मन्त्रालयले उपलब्ध गराएको थियो । सो फर्मले सामान खरिद गरे पनि अहिलेसम्म उत्पादन सुरु गरेको छैन । मन्त्रालयले एक महिनाभित्र उत्पादन सुरु गर्न निर्देशन दिएर फर्केको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले बताउंछन् ।

कृषि विकास, स्मार्ट कृषि, कृषि अनुदान, कृषि यान्त्रीकरण, पशुपन्छी विकास कार्यक्रममा सरकारले गरेको लगानी बालुवामा पानी हालेसरह भएको कृषि वन तथा वातावरण समितिले बताएको छ । समितिले असोज ११ देखि १७ र कात्तिक १ देखि ७ गतेसम्म १२ वटै जिल्लामा प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि उपलब्ध अनुदानबारे अनुगमन गरेको थियो । कृषि मन्त्रालयले मन्त्रालयको मातहतका कार्यालयमार्फत अनुदान भुक्तानी दिएको छ । ती भुक्तानी दिएकामध्ये केहीमा कर्मचारीले कमिसन माग गरेको तथा कमिसनको लोभमा फर्जी रिपोर्ट बनाएर भुक्तानी दिएको समेत समितिको प्रतिवेदनमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com