काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार पुनः डायलासिस गरिएको छ । प्रधानमन्त्री ओली विहान स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल जानुभएको थियो । उहाँ डायलासिस गरेर बालुवाटार फर्कि सक्नु भएको छ ।
प्रधानमन्त्रीको अवस्था अहिले राम्रो रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता नियमित औषधि सेवन गरिराख्नु भएपनि स्वास्थ्यमा पछिल्लो केही महिनायता समस्या देखिएको छ ।
साउन र भदौमा सिंगापुरमा रहेको नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो । मिर्गौलामा राम्रोसँग काम नगरेपछि १३ कात्तिकमा पहिलो पटक डायलासिस गरिएको थियो । लगतै भोलिपल्ट दोस्रो डायलासिस ग्राण्डीमा नै गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्