सडकबाट उछिट्टिएर मोटरसाइकल घरको छानामा गएपछि…..



काठमाडौं, ३० कात्तिक । इलाममा सडकबाट दुर्घटना हुँदा मोटरसाइकल उछिट्टिएर घरको छानामा पुग्दा २ जना घाइते भएका छन् ।
इलामको नेपालटारमा इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्गस्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो ।
मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All