धनुषा ३० कार्तिक। अवैद्य चाँदीको गरगहनासहित लाखौ रकम सहित सशस्त्र प्रहरीले एक जनालाइ पक्राउ गरेको छ ।
६ किलो चाँदीको गरगहना र ७ लाख ३० हजार १ सय नगद, एक थान मोबाइलसहित पक्राउ पर्नेमा सिरहाका ४८ वर्षका अजय गुप्ता रहेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिएका छन ।
उनलाइ बिशेष सुराकीको आधारमा जनकपुरधाम उपमहानगरपालिका २१ लोहनाबाट शनिवार दिउँसो १ बजे पक्राउ गरेको हो ।
उपरीक्षक उप्रेतीका अनुसार भारतको जयनगरबाट गुप्ता जिउँमा कपडा बेरेर लुकाई नगद र चाँदीसहित साईकलमा आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।बरामद नगद र चाँदीसहित गुप्तालाई आवश्यक कार्वाहीको लागि जनकपुर भण्सार कार्यालयलाई बुझाउने तयरी भएको उपरीक्षक उप्रेतीको भनाई छ । नगद र चँदीसहित पक्राउ परेका गुप्ता सुनचाँदी तस्कर हुन सक्ने प्रहरीको आशंका छ ।
प्रतिक्रिया दिनुहोस्