बुटवल, २९ कार्तिक ।
नेपाली सेनाका महा सेनानी ईश्वर कुमार श्रेष्ठले लिपुलेक र लिम्यिाधुराको बिषय दुई देशका सरकारले टुङ्ग्याउनु पर्ने बताउनु भएको छ ।
नेपाली सेनाको सुचना तथा जनसम्पर्क महाशाखाले आज बुटवलमा आयउोजना गरेको नागरिक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासेनानी श्रेष्ठले नेपाली सेना नेपाल सरकारको निर्देशन अनुसार परिचालन हुने भएकाले सरकारले खटाएको ठांउमा जाने बताउनु भयो । उहांले सिमा समस्या सरकारले पहल गर्ने बिषय भएको भन्दै सरकारले निर्देशन गरेमा सेनाले राष्ट्र बचाउन खटिने बताउनु भयो ।
अन्तरक्रियामा सहभागिहरुले लिपुलेक र लिम्पियाधुरामा सेनाले सुरक्षा गर्न आग्रह गरेपछि सेनानी श्रेष्ठले यस्तो जवाफ दिनुभएको हो । महासेनानी श्रेष्ठले वर्तमान नेपाली सेनाको नेतृत्व नागरिकको आलोचना सुन्न तयार रहेको भन्दै सेनाका कमी कमजोरीहरु खुलेर बताउन नागरिक समाजलाई आग्रह गर्नुभयो ।
अन्तरक्रियामा सहभागिहरुले सेनामा ब्यारेक भित्रमात्र सैनीक आचरण रहने गरेको र ब्यारेक बाहिर नदेखिने गरेको, आन्तरिक बोलिबचनमा सुधार गर्नुपर्ने, सवारीसाधनको दुरुपयोग, सुचनामा संकुचन जस्ता आलोचना गरेका थिए ।
इतिहासकार निर्मल श्रेष्ठले नेपाली सेनाले ऐतिहासिक गढी किल्लाहरु जिम्मा लिनुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा नेपाली सेनाका महा सेनानी उत्तम बिष्ट, हेमकुमार गिरि लगायतले सेना नागरिकसंग एकाकार भएर अगाडी बढ्न तयार रहेको बताएका थिए । नागरिक नेपाली सेनाको सम्बन्ध सुधार गर्न सेनाको जनसम्पर्क निर्देशनालयले देशै भरी नागरिकसंग अन्तरक्रिया गरिरहेको छ ।



















प्रतिक्रिया दिनुहोस्