काठमाडौं, २९ कात्तिक । चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ब्राजिलमा भेटवार्ता भएको छ ।
ब्राजिलको राजधानी ब्राजिलियामा आयोजित ब्रिक्स सम्मेलनको क्रममा उनीहरुबीच भेटवार्ता भएको हो । चीनले नेपाल र भारतबीचको जारी सीमा विवादका विषयमा पहिलोपटक औपचारिक प्रतिक्रिया जनाएको छ ।
भेटमा सीमा सुरक्षाको विषयमा छलफल भएको र सीमा क्षेत्रमा शान्ति कायम राख्ने विषयमा विशेष जोड दिइएको बीबीसीले जनाएको छ । चीनले कालापानी क्षेत्रको सीमा विवाद नेपाल र भारतबीचको मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यमबाट सुल्झाउनुपर्ने जनाएको छ । यसबारे दुई देशका अधिकारीहरुको संयुक्त बैठक बस्ने पनि भनिएको छ । सी र मोदीबीच पाँच वर्ष अगाडि पनि ब्राजिलमै भेटवार्ता भएको थियो । ब्राजिलमा भएको पछिल्लो भेटमा सी चिनफिङले चीन भ्रमणको निम्तो दिएका छन् । सीले हालै भारतको भ्रमण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्