ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दसगजामा रहेको पिलरमै गाई, गोरु बाध्नेलगायतका दैनिक कामकाज


एबीसी न्यूज
कार्तिक २९, २०७६ शुक्रबार  ८ : ५६ बजे

काठमाडौं, २९ कात्तिक । भारतीय सीमास्थित अधिकांश दसगजा क्षेत्र अतिक्रमणको सिकार बनिरहेको छ। सर्लाहीमा भारतसँगै जोडिएको ४६ किलोमिटर सीमा क्षेत्र पर्छ।

दसगजालाई ‘नो म्यान्स ल्यान्ड’ पनि भनिन्छ र यहाँ मानव बसोवास गर्न नमिल्ने अन्तर्राष्ट्रिय मान्यता छ। तर नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भने कतिपय नाकाहरुमा बजार नै स्थापना भइसकेको छ।

नेपाल–भारत सीमा जोड्ने दसगजालाई कसैले प्रयोग गर्न नपाउने प्रावधान रहेपनि त्यसैमा यहा बस्ती छ । अझ दसगजामा रहेको पिलरमै गाई, गोरु बाध्नेलगायतका दैनिक कामकाज हुदै आएको पाइएको छ । कतिपय ठाउमा त दसगजामै धारा गाडिएको छ । सोही गाउका फकिरे नाउ वारि आफ्नो घरमा सुतेपनि बिहान दसगजामा बसेर मुख धुनु उनको दैनिकी हो ।

अधिकांश मानिसहरुको घर नेपालमा, सीमावारि छ भने गोठ सीमापारी भारतमा रहेको छ । त्यस्तै भारतीय नागरिकका घर पारि नै भएपनि गोठ र खेतीपाती नेपालतर्फ रहेको पाइएको छ । विष्णु गाउँपालिकाअन्तर्गत सिमरा फेनरा नाकामा त भारतीय नागरिकले दसगजाको बीचमा हुने पिलर नै नाघेर नेपालतर्फ पसल बनाएका छन्। नेपालतर्फ पनि दसगजा क्षेत्रभित्रै पसल थापिएको छ।

त्यस्तै बलरा नगरपालिकाअन्तर्गत बसभिट्टा नाकामा पनि दसगजाको बीचमा हुने ठूलो पिलरसँगै टाँसिएर घरटहरा बनाएर दुवैतर्फका नागरिकले बसोबास एवं व्यापार व्यवसाय गरिरहेका छन्।

अर्नाहा गाउँस्थित दसगजामा भने नेपाली नागरिकले खेतीपाती गरेका छन् भने परालको टाल राख्ने, चौपाया बाँध्न प्रयोग भएको छ। खेतीपातीका कारण सानाखाले पिलर नै छोपिएर देखिन छाडेका छन्। खोलाले छुट्याएको बाहेक स्थानमा दुवै देशतर्फका नागरिकले दसगजामा अतिक्रमण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com