ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपाकोट पुगेपछि राष्ट्रपति हमिदले भन्नुभयो – आइएम भेरी ह्याप्पी, दिस इज नाइस प्लेस


एबीसी न्यूज

काठमाडौँ, २८ कात्तिक ।  ‘यहाँ आउन पाउँदा म धेरै खुशी छु । असाध्यै राम्रो ठाँउ रहेछ’ रुपाकोट रिसोर्टमा पुगेपछि नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पहिलो प्रतिक्रिया हो यो । ताल नगरीको रुपमा परिचित कास्कीको पोखरा ।

सामान्य अवस्थामा पोखराबाट ४५ मिनेटको उकालो चढेपछि पुगिने रुपाकोटको अतिथि बनेर बङ्गलादेशी राष्ट्रपति र उहाँको प्रतिनिधिमण्डल पुगेको हो । रुपा र बेगनास तालको ठ्याक्कै माथिपट्टिको हरियो डाँडामा एकनासले विराजमान रुपाकोट रिसोर्टबाट हिउँले सेताम्मे पारेको हिमशृङ्खला देखिन्छ । आठ आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमाललाई आँखै अगाडि देख्न पाउँदा जो कोही मन पुलकित हुन्छ । प्रकृतिक छटाले मुग्ध भएपछि धेरैको मुखबाट सहजै निस्कन्छ, आहा कति राम्रो ठाँउ ।

आम मान्छेले सहजै जनाउने प्रतिक्रिया जस्तै बङ्गलादेशी राष्ट्रपति हमिदले पनि आफ्ना प्रतिनिधिमण्डलका सदस्य र रिसोर्टका सञ्चालकका बीचमा भन्नुभयो, “आइएम भेरी ह्याप्पी, दिस इज भेरी नाइस प्लेस ।”

भिआइपीको भ्रमण हुँदैछ भन्ने खबर थाहा पाएपछि रुपाकोट रिसोर्टका मालिक पुष्पराज अधिकारीलाई खुशीले भुइँमा खुट्टा नै थिएनभन्दा पनि हुन्छ । त्यसो त बङ्गलादेशका व्यवसायी, कलाकार, बैंक तथा वित्तीय संस्थाका प्रमुख र यहाँस्थित बङ्गलादेशी दूतावासका अधिकारी पटकपटक रुपाकोट रिसोर्ट पुगेका थिए । राष्ट्रपति नै आउने खबर अधिकारीले दश दिन पहिले थाहा पाउनुभएको थियो ।

राष्ट्रपति हमिदलाई नै भनेर रिसोर्टले स्थानीय माछाको विशेष परिकार बनाएको थियो । त्यसका लागि रिसोर्टले बङ्गलादेशी दूतावाससँग पनि छलफल गरेको थियो । रिसोर्ट भित्रैको करेसाबारीमा उत्पादन हुने साग असाध्यै मीठो मानेर खानुभयो, रिसोर्टका सञ्चालक अधिकारीले भन्नुभयो, “हामीले विशेष प्रकारको बिरयानी बनाएका थियौँ । त्यसलाई समेत राष्ट्रपति हमिदले खुशी हुँदै लिनुभयो ।”

हामीले स्थानीय खाना नै उहाँलाई खुवायौँ । असाध्यै खुशीको भाव प्रस्तुत गर्दै अधिकारीले भन्नुभयो, “पछाडि परेको रुपाकोटजस्तो डाँडाको पनि दिन फिर्दो रहेछ भन्ने मलाई अनुभव भएको छ ।” अधिकारीले थप भन्नुभयो, “हामीले आफ्नै बारीमा प्राङ्गारिक खेती गरेका छौँ, त्यसले आफ्नै उत्पादन पाहुनालाई खुवाउन सकिन्छ भन्ने मान्यताको समेत विकास गरेका छौँ ।”

डेढ घण्टा रिसोर्टमा रहँदा राष्ट्रपतिले मन्त्रमुग्ध भएर हिमश्रृखला हेर्नुभयो । रुपा र बेगनास तालको प्राकृतिक छटाको मज्जा लिनुभयो । “डाँडा काँडामा पनि राष्ट्रिय पाहुना आउनुहुन्छ र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनुहुन्छ भन्ने मेरो विश्वासले काम गरेको छ”, हर्षित हुँदै अधिकारीले भन्नुभयो ।

राष्ट्रपतिको स्वागतले पुलकित हुनुभएका अधिकारी भन्नुहुन्छ, “यो त शुरुआत हो जस्तो लाग्छ, आगामी दिनमा अझै धेरै देशका विशिष्ठ पाहुना यहाँ आउनुहुन्छ भन्ने मेरो विश्वास छ ।” अधिकारीले भ्रमणको जोहो गरिदिने नेपाल सरकार, परराष्ट्र मन्त्रालय, गण्डकी प्रदेश सरकार र स्थानीय रुपा गाउँपालिकालाई पनि आभार व्यक्त गर्नुभयो । “यो रिसोर्ट राज्यका लागि हो, मेरा लागि मात्र होइन भन्ने मेरो पूर्ववत् भनाइले साकार रुप पाएजस्तो लागेको छ”, अधिकारी अगाडि भन्नुहुन्छ, “पैसा खोज्न अब विदेश जानु नै पर्दैन ।” पोखरामा फूलबारी रिसोर्टजस्ता अन्य २० वटा रिसोर्ट बनाउन सकिन्छ, तर रुपाकोट रिसोर्ट भने भूगोल र प्रकृतिको आधारमा हेर्दा मात्रै एउटा मात्रै बन्न सक्ने उहाँको भनाइ छ ।

बेल्जियममा रेस्टुराँ व्यवसाय गर्दै आउनुभएका अधिकारीले स्वदेश फर्किएर २०० रोपनी जग्गामा रिसोर्ट स्थापना गर्नुभएको हो । यूरोपमा बसेर व्यवसाय गरिरहँदा रुपाकोटको सौन्दर्यले पछ्याएपछि उहाँले आफ्नै गाउँ फर्किएर रिसोर्ट बनाउने सपना देख्नुभयो । जुन पछिल्लो दिनमा सकार हुँदै गएको छ । कूल ६० रोपनी क्षेत्रमा फैलिएको रिसोर्टमा नेपालीपन झल्कने आकर्षक घर बनाइएको छ । स्थानीय गुरुङ समुदायको शैलीसँग मिल्ने गरी ढुङ्गाले छापेको बाटोमा कागती, मेवा, आँपलगायतका फलफूलका बिरुवा छन् । बाटाकोे छेउमा फुलेका रङ्गीचङ्गी फूलले आम मानिसलाई तानेजस्तै आज राष्ट्रपतिलाई पनि मोहित बनायो ।

रुपाकोटमा आज मौसम पनि राम्ररी खुलेको थियो । घमाइलोले पनि राष्ट्रपति हमिदलाई सहयोग ग¥यो । खुलेको मौसमले ‘रिट्रिटका’ लागि आउनुभएका बङ्गलादेशी अथितिलाई स्वागत गरेकोजस्तो लाग्थ्यो । प्राङ्गारिक खाना खाएपछि राष्ट्रपति हमिद, उहाँकी धर्मपत्नी र बङ्गलादेशी पाहुनाले पोखराको सौन्दर्यको आफू आफँैमा चर्चा मात्रै गर्नुभएन, नेपालको प्राकृतिक विविधता र सुन्दरताको समेत मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

राष्ट्रपतिको स्वागतमा रुपा गाँउपालिकाले कुनै कन्जुस्याइँ गरेको थिएन । नेपाली पञ्चचेबाजा बजाइएको थियो । बाटा घाटा सफा गरिएको थियो भने स्वागतद्वार बनाएर नेपाल बङ्गलादेशमैत्री सम्बन्ध अमर रहोस् भन्ने नारासमेत लेखिएको थियो ।

राष्ट्रपति हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरियो । नेपालीको भव्य स्वागत पाउँदा खुशीले मुस्काउनु भएका राष्ट्रपतिले हात हल्लाएर स्थानीयवासीलाई अभिवादन गर्नुभएको थियो ।

रुपाकोटमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, उपप्रमुख लालसुब्बा गुरुङ, जनप्रतिनिधि तथा सरकारी कर्मचारीलगायतले स्वागत गर्नुभएको थियो ।

उहाँको स्वागतार्थ रुपा गाउँपालिकाको मुख्य प्रवेशद्वार खोलाको छेउ र रुपाकोट रिसोर्टको मुख्य प्रवेशद्वारमा आकर्षक स्वागतद्वार राखिएको थियो । स्थानीय विजयपुरदेखि नै पानीले भरिएका घडा राखेर स्वागत गरेका थिए । राष्ट्रपति हमिदलाई स्वागतार्थ मुस्लिम समुदायको झाँकी, दलित समुदायको पञ्चेबाजा तथा नेवार समुदायबाट लाखे नाचका साथै गुरुङ समुदायको घाटु र मारुनी नृत्य देखाइएको थियो ।

पोखरा र लेखनाथका विभिन्न भूभागसहित रुपाताल र बेगनासतालको दृश्य एक साथ अवलोकन गर्न सकिने यहाँबाट देखिएको माछापुच्छ«े, अन्नपूर्णलगायतका हिम शृङ्खलाले राष्ट्रपति हमिदलाई लोभ्याएको सहजै अनुमान गर्न सकिन्थ्यो ।

उहाँले हिमाल, तालसहितका दृश्य निकै उत्सुकताका साथ अवलोकन गर्नुभएको रिसोर्टका सञ्चालक अधिकारीले बताउनुभयो । उहाँले उच्च पहाडी भूभागमा सडक र खानेपानी कसरी पु¥याइएको छ भन्दै जिज्ञासा समेत राख्नुभएको थियो । राष्ट्रपति हमिदलाई गाउँपालिका प्रमुखले नेपालमा परम्परागतरुपमा उत्पादन गरिँदै आइएको काठको ठेकी उपहार दिनुभयो । उपहार लिँदै गर्दा राष्ट्रपति हमिदले पोखरेलीले जनाएको हार्दिकताको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com