ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘समाजवादी पार्टीलाई वैकल्पिक शक्ति बनाइने’– डा भट्टराई


admin

काठमाडौं, २८ कात्तिक । समाजवादी पार्टी नेपालको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पार्टीलाई वैकल्पिक शक्ति बनाइने बताउनुभएको छ । सङ्घीय परिषद् बैठकमा आज राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले राष्ट्रिय राजनीतिमा ‘वैचारिक तथा राजनीतिक तेस्रो ध्रुव’ निर्माण गरिने बताउनुभयो ।

प्रतिवेदनमा अध्यक्ष डा भट्टराईले नेपालमा भारत, चीन र अमेरिकाको त्रिकोणात्मक शक्ति सम्बन्धबीच नेपालले शान्ति, स्थायित्व, गतिशील, तटस्थ र सन्तुलित समनिकटताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्नुभएको छ । चीन र भारतबीच नेपाल गतिशील आर्थिक पुल बन्ने प्रयासमा लाग्नुपर्ने प्रतिवेदनमा स्पष्ट गरिएको छ । प्रतिवेदनमा डा भट्टराईले काङ्ग्रेस र कम्युनिष्टजस्ता पुराना पार्टीले ‘विकास, सुशासन, समृद्धि र समाजवाद’को जति चर्को नारा लगाए पनि ती पार्टीको सोच, संस्कार र सिद्धान्तको सीमाले त्यो पूरा गर्न नसक्ने भन्दै उक्त कार्य आफ्नो पार्टीले मात्र पूरा गर्न सक्ने उल्लेख गर्नुभएको छ ।

“समाजवादी कार्यभार र मार्गचित्र पूँजीवादी र साम्यवादी शक्तिले पूरा गर्ने अपेक्षा हाँस्यास्पद हो”, प्रतिवेदनमा भनिएको छ, “समाजवादी कार्यभार, समाजवादी मार्गचित्र, समाजवादी राज्य न पूँजीवादीबाट, न साम्यवादीबाट, न काङ्ग्रेसबाट न कम्युनिष्टबाट हुन सक्छ । यो अभिभारा समाजवादी पार्टीको नेतृत्वले मात्र पूरा गर्न सम्भव छ ।” राजनीतिक शक्तिबारे विश्लेषण गर्दै नेता डा भट्टराईले नागरिकको समर्थन र झुकाव जुन दलतिर ढल्किन्छ, सोहीबमोजिम सामाजिक, राजनीतिक तथा आर्थिक प्रणाली स्थापित हुँदै जाने सम्भावना उल्लेख गर्नुभएको छ ।

काङ्ग्रेसलाई उदार–लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल भएको आँैल्याउँदै डा भट्टराईले प्रमुख प्रतिपक्षको भूमिका भने राम्ररी निभाउन नसकेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपालाई उहाँले कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणका नाममा काङ्ग्रेस जस्तै औपचारिक–प्रतिनिधिमूलक संसदीय लोकतन्त्रको पक्षपाती बन्न पुगेको आरोप लगाउनुभएको छ । प्रारम्भमा सरकारप्रति जनताले आशा÷अपेक्षा गरे पनि सरकारले जनअपेक्षाअनुरुप कार्य गर्न असफल भएको टिप्पणी गर्दै अध्यक्ष डा भट्टराईले आफ्नो पार्टीले नेतृत्व गरेका दुई मन्त्रालयको काम राम्रोसँग गर्न खोजेको बताउनुभएको छ । समाजवादीले नेतृत्व गरेको प्रदेश नं २ को सरकारले पनि प्रभावकारी जनमुखी कार्य गर्दै आएको उहाँले उल्लेख गर्नुभएको छ । समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबार काठमाडाँैमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com