ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘समाजवादी पार्टीलाई वैकल्पिक शक्ति बनाइने’– डा भट्टराई


admin
कार्तिक २८, २०७६ बिहीबार   ८ : ०३   बजे

काठमाडौं, २८ कात्तिक । समाजवादी पार्टी नेपालको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पार्टीलाई वैकल्पिक शक्ति बनाइने बताउनुभएको छ । सङ्घीय परिषद् बैठकमा आज राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले राष्ट्रिय राजनीतिमा ‘वैचारिक तथा राजनीतिक तेस्रो ध्रुव’ निर्माण गरिने बताउनुभयो ।

प्रतिवेदनमा अध्यक्ष डा भट्टराईले नेपालमा भारत, चीन र अमेरिकाको त्रिकोणात्मक शक्ति सम्बन्धबीच नेपालले शान्ति, स्थायित्व, गतिशील, तटस्थ र सन्तुलित समनिकटताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्नुभएको छ । चीन र भारतबीच नेपाल गतिशील आर्थिक पुल बन्ने प्रयासमा लाग्नुपर्ने प्रतिवेदनमा स्पष्ट गरिएको छ । प्रतिवेदनमा डा भट्टराईले काङ्ग्रेस र कम्युनिष्टजस्ता पुराना पार्टीले ‘विकास, सुशासन, समृद्धि र समाजवाद’को जति चर्को नारा लगाए पनि ती पार्टीको सोच, संस्कार र सिद्धान्तको सीमाले त्यो पूरा गर्न नसक्ने भन्दै उक्त कार्य आफ्नो पार्टीले मात्र पूरा गर्न सक्ने उल्लेख गर्नुभएको छ ।

“समाजवादी कार्यभार र मार्गचित्र पूँजीवादी र साम्यवादी शक्तिले पूरा गर्ने अपेक्षा हाँस्यास्पद हो”, प्रतिवेदनमा भनिएको छ, “समाजवादी कार्यभार, समाजवादी मार्गचित्र, समाजवादी राज्य न पूँजीवादीबाट, न साम्यवादीबाट, न काङ्ग्रेसबाट न कम्युनिष्टबाट हुन सक्छ । यो अभिभारा समाजवादी पार्टीको नेतृत्वले मात्र पूरा गर्न सम्भव छ ।” राजनीतिक शक्तिबारे विश्लेषण गर्दै नेता डा भट्टराईले नागरिकको समर्थन र झुकाव जुन दलतिर ढल्किन्छ, सोहीबमोजिम सामाजिक, राजनीतिक तथा आर्थिक प्रणाली स्थापित हुँदै जाने सम्भावना उल्लेख गर्नुभएको छ ।

काङ्ग्रेसलाई उदार–लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल भएको आँैल्याउँदै डा भट्टराईले प्रमुख प्रतिपक्षको भूमिका भने राम्ररी निभाउन नसकेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपालाई उहाँले कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणका नाममा काङ्ग्रेस जस्तै औपचारिक–प्रतिनिधिमूलक संसदीय लोकतन्त्रको पक्षपाती बन्न पुगेको आरोप लगाउनुभएको छ । प्रारम्भमा सरकारप्रति जनताले आशा÷अपेक्षा गरे पनि सरकारले जनअपेक्षाअनुरुप कार्य गर्न असफल भएको टिप्पणी गर्दै अध्यक्ष डा भट्टराईले आफ्नो पार्टीले नेतृत्व गरेका दुई मन्त्रालयको काम राम्रोसँग गर्न खोजेको बताउनुभएको छ । समाजवादीले नेतृत्व गरेको प्रदेश नं २ को सरकारले पनि प्रभावकारी जनमुखी कार्य गर्दै आएको उहाँले उल्लेख गर्नुभएको छ । समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबार काठमाडाँैमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group