काठमाडौं, २८ कात्तिक । पत्रकार डिलप्रसाद शर्माको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ। पत्रकार महासंघ सुर्खेत शाखाका सदस्य शर्माको उपचारको क्रममा काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा आज निधन भएको हो।
बोनम्यारोमा समस्या आई चार महिनाअगाडि अस्पताल भर्ना भएका पत्रकार शर्माको बोनम्यारो ट्रान्सप्लान्टका क्रममा निधन भएको हो।
विगत ६ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा पछिल्लो समय साझा बिसौनी दैनिक र देश सञ्चार अनलाइनमा कार्यरत थिए। शर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्