काठमाडौं, २८ कात्तिक । आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ ।
स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका उपनिर्वाचन हुँदैछ । उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ । मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको सङ्ख्या २६ छ ।
पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष पदमा आठ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दका अनुसार गाँउपालिकाको प्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टीबाट ९नेकपा० वीरबहादुर कुरुम्बाङ, नेपाली काङ्ग्रेसका वृजहाङ आङ्देम्बे, समाजवादी पार्टीकी विमला आङ्देम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टीका ससुहाङ चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका मोतिप्रसाद लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतेन चोम्जोङ, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङ र मङ्गोल नेशनल अर्गनाइजेशनका उदय सुनुवारले उम्मेद्वारी दर्ता गराउनुभएको हो ।
हिलिहाङ गाँउपालिका–७ को वडाध्यक्ष पदमा छ जनाको उम्मेद्वारी दर्ता भएको छ । वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गेहनाथ रिजाल, नेपाली काङ्ग्रेसका तिलविक्रम इधिङ्गो, राष्ट्रिय प्रजातन्त्र पार्टीका तुलप्रसाद पन्थाक, समाजवादी पार्टीका भुवानीप्रसाद लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका मुक्तिनाथ खनाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धनबहादुर थाम्सुहाङले उम्मेद्वारी दर्ता गराउनुभएको हो ।
फिदिम नगरपालिका–१ को वडाध्यक्ष पदमा सात जनाले उम्मेद्वारी दर्ता गराउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का गजाधर भट्टराई, नेपाली काङ्ग्रेसका सुवराज थापा, समाजवादी पार्टीका गौरव लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीका मिलन गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तकी कल्पना राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका वीरबहादुर केरुङ र राप्रपा लोकतान्त्रिककी जानुका थाम्सुहाङले उम्मेद्वारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिनुभयो ।
फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ, फिदिम नगरपालिका–१ का वडाध्यक्ष हर्क मोत्तान र हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थ तिम्सिनाको निधन भएका कारण ती स्थानमा चुनाव हुन लागेको हो ।
मकालु गाउँपालिकाको अध्यक्षका लागि को को उम्मेदवार
सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदको उपचुनावमा सात वटा पार्टीले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।
नेकपाबाट तेजबहादुर पोखरेल, नेपाली काङ्ग्रेसबाट विमल पराजुली, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेघनाथ राई, राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०बाट मनबहादुर विक, समाजवादी पार्टीबाट नुर्बु शेर्पा र सङ्घीय लोकतान्त्रिक मञ्चबाट कविता राईले उम्मेदवारी दिनुभएको निर्वाचन आयुक्त तिलकबहादुर कार्कीले जानकारी दिनुभयो । खाँदबारी नपा–३ को वडाध्यक्षको लागि नेकपाबाट भरत घिमिरे र नेपाली काङ्ग्रेसबाट विक्रम गुरुङको उम्मेदवारी परेको निर्वाचन कार्यालय सङ्खुवासभाले जनाएको छ ।
धरानमा नेकपाका प्रकाश राई र कांग्रेसका तिलक राई
धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र काङ्ग्रेसका तर्फबाट तिलक राईले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी प्रमुख पदकै लागि चार स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर इजम, राप्रपा संयुक्तबाट कुमार बराइली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यसैगरी अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्र रुपबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरी ७ नं वडाध्यक्षमा नेपाली काङ्ग्रेसका तर्फबाट सुवर्णमोहन पालिखे र नेकपाका तर्फबाट जीवन सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् ।
राउतको पार्टीबाट उम्मेदवारी
निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा। सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपचुनावमा एक महिलाले उम्मेदवारी दिनुभएको छ ।
गाउँपालिकाको अध्यक्ष पदमा डा। सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिनुभएको पार्टीका महोत्तरी जिल्ला इञ्चार्ज सञ्जय यादवले बताउनुभएको छ ।
तीन पालिकाका चार पदका लागि महोत्तरीमा ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा एवं मटिहानी नगरपालिकाका तीन वटा वडाध्यक्षसहित जम्मा चार पदका लागि ४६ जनाको मनोनयनपत्र दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । पिपरा गाउँपालिकाको अध्यक्ष पदमा २० जनाको मनोनयनपत्र ९उम्मेदवारी० दर्ता भएको छ ।
त्यसैगरी बलवा नगरपालिकाका वडा नं २ र ८ एवं मटिहानी–८ का वडाध्यक्ष पदमासमेत २६ जनाले उम्मेदवारी दर्ता गराएका जिल्लाका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो ।
पिपरा गाउँपालिकामा ११ राजनीतिक दलका र नौ जना स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी बलवा–२ को वडाध्यक्षमा आठ जना, बलवा–८ को वडाध्यक्षमा १२ जना र मटिहानी–८ को वडाध्यक्षमा छ जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खार्पुनाथको उपाध्यक्षमा को–को उम्मेदवार
हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि नेकपाबाट रुपा शाही, नेपाली कांग्रेसबाट तारा शाही र राप्रपा संयुक्तबाट दीपबहादुर शाहीको उम्मेदवारी परेको छ ।
नेकपाबाट उम्मेदवारी दर्ता गरेकी रुपा यसअघि पराजित हुनुभएको थियो । यसअघि कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सिन्धु शाही हमालको जीप दुर्घटनामा ज्यान गएपछि खार्पुनाथको उपाध्यक्षमा उपचुनाव हुन लागेको हो ।
रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा हुने वडाध्यक्षको उपचुनावका लागि ३ जनाको उम्मेदवारी परेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जनकबहादुर बुढा, नेपाली कांग्रेसबाट कलमबहादुर रोका र स्वतन्त्रबाट भद्रबहादुर झाँक्रीले बुधबार मनोनयन दर्ता गरेको थबाङ गाउँपालिका अध्यक्ष बिरबहादुर घर्तीले बताउनुभयो ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका झाँक्री यसअघि निर्वाचित वडा सदस्य हुनुहुन्थ्यो । वडाध्यक्षमा उम्मेदवारी दिन मंगलबार मात्रै उहाँले वडा सदस्य पदबाट राजीनामा दिनुभएको थियो ।
सत्तारुढ नेकपाले यसअघिको चुनावमा पराजित ग्रीस पुनलाई उम्मेदवार बनाउने पहिले नै घोषणा गरेको भए पनि स्वतन्त्रबाट निर्वाचित सदस्य झाँक्रीले राजीनामा दिएर अध्यक्षमा उम्मेदवारी दिएपछि फेरि पराजित हुने आशंकामा उसले बुधबार एकाएक जनकबहादुर बुढालाई उम्मेदवार बनाएको हो ।
विप्लव नेतृत्वको नेकपाका नेता फर्कबहादुर बुढासहितको प्यानल त्यस वडामा स्वतन्त्रबाट निर्वाचित भएको थियो । वडाध्यक्ष बुढाको गएको असारमा मस्तिष्कघातका कारण निधन भएपछि थबाङ १ मा वडाध्यक्ष पद रिक्त रहेको थियो ।
गएको चुनावमा विप्लव नेतृत्वको नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दिवंगत बुढाले तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार ग्रीस पुनलाई १ सय ३ मतले हराउनु भएको थियो ।
कपिलवस्तुमा १२ जनाको उम्मेदवारी
शिवराज नगरपालिका–१० लालपुरमा १२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडा नं १० को अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बाट अदालत मनिहार, नेपाली काङ्ग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मञ्जु मिश्र, जनमत पार्टीबाट महोम्मद हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहारको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवारमा शिवलाल यादव, शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहारको मनोनयन दर्ताको भएको छ ।
मालारानी ३ को वडाध्यक्षमा तीनको उम्मेदवारी
अर्घाखाँचीको मालारानी गाउँपालिका–३ खनदहमा वडाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट शोभाखर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनालको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहले जनाएको छ ।
नेकपाका उम्मेदवार मालारानी गाउँपालिकाका सदस्य हुनुहुन्छ भने काङ्ग्रेसका उम्मेदवार खनाल स्थानीय तहको निर्वाचनमा त्यही वडाबाट अध्यक्ष पदमा ३६ भोटले पराजित हुनुभएको थियो ।
कोहलपुर ६ मा पाँच दलद्वारा उम्मेदवारी दर्ता
बाँकेको कोहलपुर नगरपालिका–६ मा हुने उपचुनावका लागि पाँचवटा राजनीतिक दलले उम्मेदवारी दर्ता गरेका छन् । स्थानीय तह मुख्य निर्वाचन अधिकृतको कार्यालय कोहलपुरका अनुसार सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले उम्मेदवारी दर्ता गरेका छन् ।
उपचुनावका लागि नेकपाबाट रामशरण थारू र काङ्ग्रेसबाट श्रीकृष्ण थारू, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेमकिपाबाट दीपालक्ष्मी हमालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
चितवनका तीन वडामा मनोनयन दर्ता
चितवनका तीन वडामा अध्यक्ष पदका लागि मनोनयन दर्ता गरिएको छ । भरतपुर महानगरपालिका–१६ मा पाँच र खैरहनी नगरपालिका–४ र ५ मा चाररचार जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का भक्तराज हमाल, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादी पार्टीका अम्बरबहादुर थापा र नेपाली काङ्ग्रेसका अमृतराज हमालले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ ।
त्यसैगरी खैरहनी–४ मा नेपाली काङ्ग्रेसका देवप्रसाद बस्नेत, राप्रपाका अनुज अधिकारी, नेकपाका बेदबहादुर अधिकारी र राप्रपा संयुक्तका सीताराम थापाले मनोनयन दर्ता गराउनु भएको हो । खैरहनी–५ मा राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी, समाजवादी पार्टीका बिकन महतो थारू, नेपाली काङ्ग्रेसका प्रतिमा कार्की र नेकपाका पुननारायण प्रधानले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ ।
इन्द्रावतीमा पाँच दलको उम्मेदवारी
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ मा पाँच पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षको उम्मेदवारमा नेकपाले केदारनाथ आचार्य, नेपाली काङ्ग्रेसले अशोक तामाङ, राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ, राप्रपा नेपाल रणबहादुर तामाङ र समाजवादी पार्टी नेपालबाट प्रकाश श्रेष्ठको उम्मेदवारी परेको छ ।
धनपालथान २ को वडाध्यक्षमा सातको मनोनयन
मोरङको धनपालथान गाउँपालिका वडा नं २ को वडाध्यक्ष पदका लागि जनमत पार्टीसहित सात दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का पङ्कजकुमार मण्डल, नेपाली काँग्रेसका नारायणप्रसाद साह, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टी९संयुक्त०का ज्योति पासवान, राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका चन्द्रनन्द मण्डल, जनमत पार्टीका चनरादेवी मण्डल र मङ्गला नेशनल अर्गनाइजेशनबाट मेघनाथ पासवानले उम्मेदवारी दर्ता गरेका जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो ।
बडिगाड २ मा तीनको उम्मेदवारी
बागलुङको बडिगाड गाउँपालिका–२ मा तीन जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । खाली रहेको वडाध्यक्षको लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाट ढालप्रसाद शेरचन, नेपाली काङ्ग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल रानाको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा पाँच जनाले उम्मेदवारी दिएका छन् ।
पुनर्वास नगरपालिका–३ का लागि हुने वडाध्यक्षको उप–निर्वाचनका लागि अध्यक्ष पदमा नेकपाबाट कृष्णबहादुर तामाङ, नेपाली काङ्ग्रेसबाट दीपबहादुर तामाङ, समाजवादी पार्टीबाट भीमबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पद्मबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०बाट श्रीधनबहादुर तामाङको मनोनयन परेको जिल्ला निर्वाचन कार्यालय महेन्द्रनगरका प्रमुख उदयराज जोशीले जानकारी दिनुभयो ।
सुन्दरबजार नगरपालिका–२ को वडाध्यक्ष बन्न पाँच उम्मेदवार
लमजुङको सुन्दरबजार नगरपालिका–२ मा खाली रहेको वडाध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । नेकपाको तर्फबाट नवीन श्रेष्ठ, काङ्ग्रेसको तर्फबाट प्रकाश सेढाई, राप्रपाको तर्फबाट पवनराज बसौला, मङगल नेशनल अर्गनाइजेशनको तर्फबाट रामजी दर्जे र स्वतन्त्रको तर्फबाट कृष्णबहादुर केसीले मनोनयन दर्ता गर्नुभएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले बताउनुभयो ।
हरिपूर्वा नगरपालिकामा वडाध्यक्षमा सात जनाको उम्मेदवारी
सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा आगामी मङ्सिर १४ गते वडाध्यक्षका लागि हुने उपचुनावका लागि सातजनाले उम्मेदवारी दर्ता गराएका छन् । दुईजना स्वतन्त्रसहित सातजनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट दोष मोहम्मद अन्सारी, नेपाली काङ्गे्रसका तर्फबाट रामप्रीत पासवान, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट रामविश्वास राय, समाजवादी पार्टीबाट श्यामबाबु राय, सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेश राय यादव तथा मनोजकुमार राय र मनोजकुमार यादवले स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराउनुभएको छ ।
कोहलपुरमा पाँचको उम्मेदवारी
बाँकेको कोहलपुर नगरपालिका वडा नं ६ मा मङ्सिर १४ गते हुने उपचुनावका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेपाल मजदूर किसान पार्टीबाट दीपालक्ष्मी हमालको उम्मेदवारी परेको छ ।
बौदीकालीमा तीनको उम्मेदवारी
नवलपुरको बौदीकाली गाउँपालिका वडा नं ५ मा तीन जनाको उम्मेदवारी परेको छ । वडाअध्यक्षका लागि सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र समाजवादी पार्टीकोतर्फबाट उम्मेदवारी परेको हो ।
वडाध्यक्षका लागि सत्तारुढ नेकपाको तर्फबाट पूर्णबहादुर रानाको प्रस्ताव तथा बेलबहादुर रानाको समर्थनमा खिमबहादुर खरू मगरको उम्मेदवारी परेको हो ।
नेपाली काङ्ग्रेसकोतर्फबाट लुलसिंह लुङ्गेली मगरको प्रस्ताव तथा शेरबहादुर रानामगरको समर्थनमा तुलबहादुर राना ९अनिल०को उम्मेदवारी परेको छ । समाजवादी पार्टीका तर्फबाट आइतवीर रानामगरको प्रस्ताव तथा लीलाम्बर लुङ्गेलीमगरको समर्थनमा प्रितमबहादुर रानाले उम्मेदवारी दिनुभएको छ ।
सप्तरीमा जनमत पार्टीसहित नौ को मनोनयन
सप्तरीको एकमात्र वडाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ ।
छिन्नमस्ता गाउँपालिका वडा नं ७ को वडाध्यक्ष पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी नौ जनाले उम्मेदवारी मनोनयन गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी९नेकपा० बाट अच्छेलाल यादव, नेपाली काङ्ग्रेसबाट शिवनारायण मण्डल, राजपा नेपालबाट प्रमिलादेवी यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र जनमत पार्टीबाट दिनेशकुमार यादवले उम्मेदवारी मनोनयन गर्नुभएको छ । नौमध्ये नुर हसन मन्सुरी, रञ्जीतकुमार यादव र धीरेन्द्रकुमार यादवले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको हो ।
बैतडीमा आठको उम्मेदवारी
उपचुनावका लागि बैतडीमा आठ उम्मेदवारको मनोनयन दर्ता भएको छ । वडाध्यक्ष रिक्त रहेका बैतडीका तीन वडाका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी मङ्सिर १४ गते जिल्लाको दोगडाकेदार गाउँपालिकामा चार, सुर्नया गाउँपालिका एक र पुर्चौडी नगरपालिका चारमा उपचुनाव हुँदैछ ।
सुर्नया गाउँपालिका–१ मा अध्यक्ष पदका लागि दुईजना उम्मेदवारको मनोनयन दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बाट धनबहादुर चन्द र नेपाली काङ्ग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको हो ।
यस्तै पुर्चौंडी नगरपालिका–४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली काङ्ग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीले जानकारी दिएको छ ।
यस्तै दोगडाकेदार गाउँपालिका–४ को वडाध्यक्ष पदका लागि तीनजना उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ । नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली काङ्ग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिनुभयो ।
घोराही–१६ मा सातको मनोनयन दर्ता
दाङको घोराही उपमहानगरपालिका–१६ को अध्यक्ष पदका लागिसातजनाले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृत प्रेम खड्काले दिनुभएको जानकारीअनुसार मनोनयन दर्ता गर्नेहरुमा दलबाट पाँच र स्वतन्त्रबाट दुई जना रहेका छन् । नेपाल कम्युनिष्ट पाटी ९नेकपा०बाट सुरेशबहादुर केसी, नेपाली काङ्ग्रेसबाट ताराबहादुर डिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रकाश केसी, समाजवादी पार्टीबाट विमला पुन, मङ्गोल नेशनल अर्गनाइजेशनबाट पहलमान आलेमगर रहनुभएको छ ।
त्यस्तै स्वतन्त्रबाट जगलाल चौधरी र समीर वली रहनुभएको छ । स्वतन्त्रबाट मनोनयन दर्ता गराउनु भएका चौधरी नेकपाकै हुनुहुन्छ । उहाँले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रबाट मनोनयन दर्ता गराउनु भएको हो ।
साकेला ३ को वडाध्यक्षका लागि चार जनाको मनोनयन दर्ता
खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्ष पदका हुने उपचुनावमा चार उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेकपाका शिवकला राई, नेपाली काङ्ग्रेसका शुक्रबहादुर तामाङ, समाजवादी पार्टीका रमेश राई र राप्रपाका इन्द्रबहादुर खड्काले मनोनयनपत्र दर्ता गराउनु भएको हो ।
धुलिखेल २ को वडाध्यक्षका लागि चार दलको उम्मेदवारी दर्ता
धुलिखेल नगरपालिका–२ मा आगामी मङ्सिर १४ गते हुने उपचुनावको वडाध्यक्ष पदका लागि चारवटा दलले उम्मेदवारी दर्ता गराएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ को वडाध्यक्ष पदका लागि नेकपा, नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०ले आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले बताउनुभयो ।
नेकपाबाट देवप्रसाद कोइराला, नेपाली काङ्ग्रेस पार्टीबाट दर्णबहादुर खत्री, राजपा नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट वासुदेव थापाले आफ्नो उम्मेदवारी दिनुभएको हो ।
भोजपुरमा वडाध्यक्षमा तीन दलको उम्मेदवारी
भोजपुरमा तीनवटा दलले उम्मेदवारी दर्ता गराएका छन् । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडाध्यक्ष पदका लागि आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङग्रेस र नेपाल मङ्गोल नेशनल अर्गनाइजेशनले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।
वडाध्यक्ष पदका लागि नेकपाका तर्फबाट जितेन्द्र राई, नेपाली काङ्ग्रेसका तर्फबाट समरबहादुर कार्की र मङ्गोल नेशनल अर्गनाइजेशनका तर्फबाट कला राईले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्