ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तनहुँबाट नियन्त्रणमा लिइएको चितुवा चितवनमा ल्याइयो, मानिसलाई आक्रमण गर्न पल्किएकोले जंगलमा नछाड्ने


एबीसी न्यूज
कार्तिक २७, २०७६ बुधबार   १ : ४७   बजे

चितवन, २७ कात्तिक । तनहुँ जिल्लाको भानु नगरपालिकाबाट नियन्त्रणमा लिइएको चितुवा चितवनमा ल्याइएको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले मान्छेलाई आक्रमण गर्ने क्रम बढेका कारण यो क्षेत्रमा रहेका चितुवालाई नियन्त्रणमा लिन थालिएको हो ।

भानु नगरपालिकामा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाले ज्यान गुमाएका छन् । यो क्षेत्रबाट नियन्त्रणमा लिइएको यो तेस्रो चितुवा हो । चितुवालाई चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएको छ । सौराहा ल्याइएको चितुवालाई जंगलमा छोड्न मिल्ने अवस्था नभएकोले कुनै चिडियाघरमा पठाउने तयारी भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख रामकुमार अर्यालले बताउनुभयो ।

वन्यजन्तुविज्ञ नरेश सुवेदीले नियन्त्रणमा लिइएको चितुवा मानिसलाई आक्रमण गर्न पल्किएको निश्चित भएकाले यसलाई जंगलमा छाड्न उपयुक्त नहुने बताउनुभयो ।

आहारा अभावका कारण जंगलका जनावरले मानव वस्तीमा प्रवेश गर्ने र मानवसहित घरेलु जनवारमाथि आक्रमण गर्ने गरेको सुवेदीले बताउनुभयो ।

बुढो र घाइते भएपछि चितुवा आक्रमण हुने बताउँदै सुवेदीले वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथिको आक्रमण गर्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group