ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१९ स्थानीय तहमा तत्काल बैंक पुर्‍याउन राष्ट्र बैंकलाई अर्थमन्त्रीको ताकेता


admin
कार्तिक २७, २०७६ बुधबार   १ : ४६   बजे

काठमाडौं, २७ कात्तिक । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा पनि तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई ताकेता गर्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरुमा पनि तत्काल बैंकिङ सेवा संचालन गर्न नेपाल राष्ट्र बैंकलाई सचेत गराउनु भएको हो । मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा अधिक आर्थिक क्रियाकलाप हुन थालेकाले सबै स्थानीय तहमा बैंकिङ सेवा स्थापना गर्न ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाई छ ।

कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा स्थापना गरेको केन्द्रिय कार्यालय भवनको बुधबार उद्घाटन गर्दै उहाँले मुलुकमा संघीयता कार्यान्वयनको क्रममा स्थानीय तहहरुमा दू्रतगतिका साथ बैंकहरु स्थापना भएकोमा आफू सन्तुष्ट भएको पनि बताउनु भयो । अर्थमन्त्री खतिवडाले मुलुकमा व्यवसाय संचालनका लागि उपयुक्त वातावरण बनेको पनि दोहो¥याउनु भयो । उहाँले व्यवसायिक वातावरण नबनेको भए कसरी बैंकमा ऋण लिनेहरुको घुइचो हुन्थ्यो ? भनि प्रश्न पनि गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको निर्देशनहरुको पूर्ण पालना गर्न सबै बैंक तथा वित्तिय संस्थालाई कडा निर्देशन दिनु भयो । उहाँले ईमान्दार ढंगले काम नगर्ने बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई पनि बैंकिङ कसुर अन्तरगत कडा कार्वाही गर्ने चेतावनी पनि दिनु भयो ।डेपुटी गभर्नर शिवाकोटीले बैंक तथा वित्तिय संस्थाहरुमा अनियमितता गर्नेलाई बैकिङ कसुर ऐन अन्तरगत कार्वाही हुने पनि स्मरण गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

अरु दल छाडेर आएकाहरूले रास्वपाको जिल्ला नेतृत्व कसरी कब्जा गरे ?(सूची)

सम्बन्धित

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group