ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिपरा गाउँपालिका चुनावी भीडन्त : यी हुन् प्रतिस्पर्धी (भिडियोसहित)


admin

महोत्तरी, २७ कात्तिक । उपनिर्वाचन नजिकिदै गर्दा महोत्तरीको पिपरा गाउँपालिकामा चुनावी रौनकता ह्वात्तै बढेको छ । पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको मृत्यु भएपछि पिपरा गाउँपालिकामा अध्यक्ष पदको लागि उपनिर्वाचन हुने भएको हो । निर्वाचन आयोगले आगामी मंसिर १४ मा निर्वाचनमा उम्मेदवारको मनोनयनपछि चुनावी माहोल बाक्लिएको हो ।

महोत्तरीको पिपरा गाउ“पालिका अध्यक्ष पदको लागि मंसिर १४ मा उपनिर्वाचन हुदैछ । उपनिर्वाचनका लागि उम्मेदवारी टुंगिएछि दलहरु आफ्नो पक्षमा मत बटुल्न व्यस्त छन् उपनिर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी नेकपाले विक्रम चौधरीलाई अघि सारेको छ । त्यसैगरि नेपाली कांग्रेसले विजयकुमार यादव, राजपा नेपाल र समाजवादी पार्टीले निवर्तमान अध्यक्ष विनोद चौधरीको श्रीमती रविता चौधरीलाई साझा उम्मेदवारको रुपमा अघि सारेका छन् । प्रस्तावित उम्मेदवारको नाम फेरबदल भएन भने, चुनावी भीडन्तका पात्र यीनै हुनेछन् । २०७४ को स्थानीय निर्वाचनमा विक्रम चौधरी झिनो मत अन्तरले पराजित भएका थिए। एमाले र माओवादी केन्द्रको एकिकरण पनि भैसकेकोले उप निर्वाचन जित्नेमा विक्रम चौधरी ढुक्क देखिन्छन् ।

२ वर्षपहिले भएको स्थानीय तहको निर्वाचनमा राजपा नेपालको तर्फबाट उम्मेदवार रहेका विनोद कुमार चौधरीले २७ सय ७५ मत ल्याएका थिए । तत्कालिन एमालेको तर्फबाट उम्मेदवार रहेका विक्रम चौधरीले १८ सय ७३ र माओवादीको तर्फबाट राम जानकी यादवले १५ सय ७८ मत ल्याएका थिए । का“ग्रेसको तर्फबाट उम्मेदवार रहेका राधा रमण मिश्रले १४ सय ६८ मत ल्याएका थिए । तत्कालीन संघीय समाजवादी फोरमको तर्फबाट वृजेन्द्र मिश्रले ६ सय ९३ मत ल्याएका थिए । अबको यस उपनिर्वाचनमा राजपा र समाजवादी पार्टी साझा उम्मेदवार बनाएर निर्वाचनमा भाग लिएका छन् । तत्कालीन निर्वाचनमा एमाले र माओवादी एक भएको अवस्थामा मत मजबुत भएको मान्न सकिन्छ ।

पिपरामा गाउँपालिकाको अध्यक्षको उपनिर्वाचनको लागि कार्तिक २७ गते मनोनयन दर्ता हु“दैछ ।मंसिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीको तीन बेग्लाबेग्लै नगरपालिकामा उपनिर्वाचन हुने महोत्तरीका मुख्य निर्वाचन अधिकृत बिष्णु सुवेदिलेले बताए । उनले अगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा रहेको बताए । महोत्तरीको पिपरामा पनि उपनिर्वाचन हुदैछ, विगतका नतिजा विश्लेषण गर्दा सत्तारुढ नेकपा, अन्य दल भन्दा धेरै अगाडि छ । २ वर्ष अघिको मतदाता मनोविज्ञानमा फेरबदल खासै भएन भने नेकपाले नै बाजी मार्न सक्छ, यद्यपी यसको सहि नतिजा थाहा पाउन भने मंसिर १४ कुर्नै पर्ला ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com