काठमाडौं २५ कात्तिक । कतै उपनिर्वाचन प्रचारप्रसारको चटारो त कतै भिजिट नेपाल सन् २०२० को । बिशेषत विभिन्न राजनैनिक दलहरु रित्त रहेको पदपूर्तीका लागि चुनावी अभियानमा लागिपरेका छन भने । सरकारी निकायहरु भने २० लाख पर्यटक नेपाल भित्राउन कसरत गरिरहेका छन । नेपालकै पयटकिय गन्तव्य पोखरा र चितवनको भरतपुरमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित द्विपक्षीय सम्झौता गरेका छन् ।
मुख्यतः पर्यटन प्रवद्र्धनको लागि भरतपुर महानगरपालिका र पोखरा महानगर पालिका बीच शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सम्झौता पत्रमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।राष्ट्रिय निकुञ्जको बीचमा रहेको भरतपुर महानगरपालिकामा समेत पछिल्लो समय पर्यटकिय गतिबिधी मौलाउदै गएको छ । पोखरा पछिको आकर्षक गन्तव्य चितवन बन्दै गएको सम्बन्धित व्यक्तिहरुको भनाई छ । भरतपुर महानगरकी मेयर दाहालले पोखरा महानगरपालिकासँग तुलना गर्न नसकिने बताउदै धेरै कुराहरु सिक्न बाँकी रहेको बताउंछिन । दाहालले दुई महानगरपालिकाबीच पहिल्यै शिष्ट सिटीको रुपमा सम्बन्ध गाँसेको समेत सुनाईन । मेयर दाहालले भिजिट नेपाल २०२०२ को लक्ष्यलाई टेवा पु¥याउने उद्देश्य सहित पर्यटन प्रबद्र्धनका लागि सम्झौता गरिएको बताइन ।
त्यस्तै, पोखरा महानगरका प्रमुख जिसीले विना पूर्वाधार पर्यटक नभित्रिने तर्क दिए । उनले आवश्यक पूवार्धार निर्माण नगरी भित्रिन नसक्ने बताउदै आधारभुत संरचनाको पुर्ती गर्नुपर्ने बताए । उनले पछिल्लो समय पर्यटन व्यवसाय निर्वाहमुखी मात्रै भएको उल्लेख गर्दै पूर्वाधार विकासमा चुस्तदुरुस्त बनाउन पर्ने धारण व्यक्त गरे । दाहाल र जिसीद्वारा हस्ताक्षरित द्विपक्षीय सम्झौता पत्रमा पर्यटन विकास तथा प्रवद्र्धन गर्ने, आर्थिक तथा सामाजिक कार्यहरु, प्राकृतिक सम्पदा संरक्षण तथा सम्वद्र्धन गर्नका लागि सहकार्य गर्ने, महत्वपूर्ण सूचना तथा जानकारीहरुको आदानप्रदान गर्ने तथा संघीय संरचनामा अन्तर नगर सहकार्य गर्ने, पोखरा–भरतपुर हवाई सेवालाई अझ बिस्तार गर्ने, दुबै महानगरपालिकामा रहेका तालतलैया, नदी, रामसारमा सुचीकृत सम्पदाहरुको संरक्षण गर्ने लगायतका विषयहरु उल्लेख गरिएको छ । यि उल्लखित सम्झौताहरु कागजमा मात्रै सीमित हुनुहुदैन यदि सांच्चिकै पर्यटकको आवागमनमा वृद्धि गर्ने नै हो भने सम्झौताहरु कार्यान्वयन हुन जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्