डडेल्धुरा,२५ कात्तिक । ८ दिनदेखि डडेल्धुरामा अनशनरत डाक्टर गोविन्द केसीलाई अनशनस्थलबाट स्थानान्तरण गराउन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। डडेल्धुरा अस्पतालले विज्ञप्ती जारी गर्दै डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको जानकारी दिएपछि उनलाई अनसनस्थल छोड्न ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको हो।
सोमबार बिहानैदेखि अस्पतालमा पुगेर केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका लागि सुरक्षाकर्मी दबाब दिईएपनि डाक्टर केसीले डडेल्धुरा नछोड्ने अडान लिएका छन्।केसीका समर्थकले पनि उनलाई स्थानान्तरण नगर्न आग्रह गर्दै आएका छन्। अहिले डडेल्धुरा बजार क्षेत्रमा पनि प्रदर्शन भईरहेको पत्रकार बरुण पनेरुले जानकारी दिए। उनका अनुसार बजार क्षेत्रमा डाक्टर केसीको समर्थनमा बजार क्षेत्रमा प्रदर्शन भईरहेको छ भने बजार पनि बन्द गरिएको छ। स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका हुन्।
चिकित्सकका अनुसार केसीको स्वास्थ्यअवस्था नाजुक भएको छ। डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको भनी सुरक्षित स्थानमा पठाउन आग्रह गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्