काठमाडौं २५ कात्तिक । नेपालको भ्रमणको अन्तिममा समय हुदै गर्दाे नेपालमा बिदेशी लगानीकर्ताले पर्यटनमूलक उद्योगमा लगानीका प्रतिवद्धता जनाएका छन । नेपालमा लगानीको लागि चिनिया लगानीकर्ताको आकर्षण बढेको उद्योग बिभागले जनाएको छ । उद्योग बिभागमा दर्ता भएका उद्योगहरु होटल तथा रेष्टुरेष्ट लगायत पर्यटनमुलक र सेवा मुलक उद्योगमा चिनिया“ लगानी बढेको छ ।
नेपालमा चिनिया“ पर्यटक बढेसंगै चिनिया“ लगानीकर्ताले होटल र रेष्टुरेष्ट उद्योगमा लगानी बढाएका छन । बैदेशिक लगानीकर्ताको सहजताको लागि उद्योग बिभागले एकल बिन्दु सेवा केन्द्र स्थापना गरेर एकै स्थानबाट सेवा दिइरहेको छ । उद्योग दर्ता प्रक्रिया सहज भएसंगै बैदेशिक लगानीकर्तालाई उद्योग खोल्नको लागि बिगतमा भन्दा सहज भएको छ । बिभागको तथ्याङ अनुसार होटल तथा रेष्टुरेन्ट क्षेत्रमा वैदेशिक लगानी अघिल्लो वर्षको भन्दा दोब्बरले बृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा कम्पनी पर्यटन उद्योग स्विकृत भएका छन । जसमध्ये होटल तथा रेष्टुरा बढि छन । उक्त क्षेत्रमा पांच अर्ब ८२ करोड वैदेशिक लगानी भित्रिएको छ । जसबाट १६ सय १० जनाले रोजगारीको अवसर सृजना हुने बिभागले जनाएको छ ।
सरकारले बेदेशिक लगानी भित्राउनका लागि ऐन नै परिर्वतन गरेपछि लगानीको वातावरण बनेको देखिन्छ । चालू आर्थिक वर्षको तीन महिनामामै बिदेशीको लगानीमा ८२ बटा उद्योगले स्वीकृति पाएका छन् । जसमध्ये सबैभन्दा बढी ३९ वटा पर्यटन उद्योग, २८ सेवा उद्योग, ७ बटा उत्पादन र सूचना प्रविधिसम्बन्धी र कृषि, वन पैदावारका एक उद्योगले स्विकृत पाइसेकेका छन । ८२ बटा उद्योगबाट १४ अर्ब ४३ करोड भन्दा बढिको प्रतिवद्धता आएको बिभागले जनाएको छ । नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिनुले मुुलुकमा लगानीको वातारण बनाउन सरकारले गरेको नीतिगत सुधारको समेत महत्वपुर्ण भूमिका रहेको छ ।
नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा लिएर विदेशी लगानीकर्ता आकर्षण भएको र यसले देशको अर्थतन्त्रको साथै रोजगारीको अवसर समेत सहयोग पुग्ने देखिन्छ । नेपाल लगानीको लागि भर्जिन ल्याण्ड हुदा हुदै पनि लामो राजनीतिक अस्थिरताकै कारण विदेशी लगानीकर्ताले लगानी गर्न हिच्किचाइ रहेका थिए । तर अहिले राजनितिक स्थायित्वको लागि विदेशी लगानी भित्राउन ऐन, कानुन परिमार्जन भए । उद्योग दर्ता प्रक्रिया देखि सञ्चालनमा सहज वातावरण बन्दै गयो । अब उद्योग दर्ताको चाप बढेको छ । दर्ता गरिएका उद्योगहरु संचालनमा छिटो ल्याउन नियमनकारी निकायको अनुगमन भने निरन्तर आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्