ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ कम्पनीले बनाउने फिल्ममा रेश मरहट्टा मुख्य भूमिकामा छनौट


admin

काठमाडौं । चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले शाक्य मुनि गौतम बुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित नेपाल र चीनमा डकु ड्रामा (डकुमेन्ट्री) र अर्को ठूलो पर्दाको फिल्म निर्माण गर्ने घोषणा गरेको छ ।

नेपाल भ्रमणको क्रममा रहेका उक्त कम्पनीका प्रतिनिधिहरुले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाईमा पु-याउन शाक्यमुनि गौतम बुद्धको कथालाई लिएर डकु ड्रामा र ठूलो पर्दाको फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी प्रमुख एवं मुख्य लगानीकर्ता हु जिझोङले नेपाल र चीनको ऐतिहासिक सम्बन्ध झल्काउने गरी फिल्म बनाउन लागेको बताए ।
‘हामी दुई देश बीचको साँस्कृतिक सम्बन्धलाई सहयोग पुग्ने गरी दुई वटा सुन्दर चित्रहरु बनाउने छौं ।’ पत्रकार सम्मेलनमा हुले भने, ‘राजकुमार सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुअघि उनको शारीरिक बनावटको झल्को दिने गरी वास्तविक तेलचित्र बनाएर प्रस्तुत गर्नेछौं । चित्र बनाईसकेपछि नेपाल सरकारलाई उपहारस्वरुप दिनेछौं ।’

चीनका प्रख्यात चित्रकार वाङ मिङले लुम्बिनीमा उक्त चित्र बनाउने बताईएको छ । तेलचित्र बनाउँदै गरेको दृश्य र शाक्यमुनि गौतम बुद्धको विषयलाई लिएर डकु ड्रामा बनाउने तयारी भईरहेको हुले बताए । डकु ड्रामा आउँदो मार्च महिनाबाट छायांकन सुरु हुने उनले जानकारी दिए । डकु ड्रामा निर्माण भईसकेपछि नेपाल, चीन लगायत अन्य देशहरुमा हुने फिल्म फेस्टिबलमा प्रदर्शन गरिने उनको भनाई छ । यसबाट नेपालको पर्यटन प्रबद्र्धनमा ठूलो सहयोग पुग्ने उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाको सचिवालयको विशेष निमन्त्रणमा प्रख्यात कलाकार एवं चित्रकार वाङ मिङ लगायत मुन भच्र्यु कल्चर मिडिया कम्पनीका अध्यक्ष थाङ याङफी, प्रमुख लगानीकर्ता हु जिझोङ र निर्देशक कु यीको टोली नेपाल आएको थियो । उनीहरुले पर्यटन राज्यमन्त्री बुढासँग नेपालको पर्यटन प्रबद्र्धन, डकुमेन्ट्री र चिनियाँ लगानीको ठूलो पर्दाको फिल्मको विषयमा छलफल गरेका थिए । भेटघाटमा पर्यटन राज्यमन्त्री बुढाले कम्पनीले बनाउने फिल्मका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल भ्रमण गरेकोमा कम्पनीको टोलीलाई विशेष धन्यवाद दिनुभयो ।


डकु ड्रामाको प्रदर्शन पछि सोही तेलचित्र चोरिएको विषयलाई लिएर ठूलो पर्दाको फिल्म बनाउने कम्पनीको योजना छ । उक्त फिल्ममा नेपालको तर्फबाट नायक एवं अभिनेता रेश मरहट्टालाई मुख्य भूमिकामा अनुबन्ध गरिएको हुले जानकारी दिए । ‘फिल्ममा नेपालबाट मुख्य भूमिकामा रेशलाई खेलाउने सहमति भएको छ, उनले भने, ‘यो फिल्ममा रेशको गेटअप र लुक्स हेर्दा हामीलाई मन प-यो । सायद अर्को महिना बेईजिङमा हाम्रो औपचारिक सम्झौता हुन्छ होला ।’
पत्रकार सम्मेलनमा अभिनेता रेशले आफू यसरी नेपालबाट चीनले बनाउने फिल्ममा छनौट हुन पाउँदा गर्व लागेको बताए । उनले भने, ‘ म यसरी फिल्ममा छनौट हुनु भनेको नेपाल र नेपालीको सम्मानको विषय हो । यसबाट नेपाल र चीनबीचको सम्बन्ध अझै मजबुत हुनेछ भन्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com