ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण दिनुपर्ने एमालेको मागएमाले नेता, सुवेदी
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् र टेलिकमबीच समन्वय नहुँदा काममा ढिलाइ


admin
कार्तिक २३, २०७६ शनिबार   ३ : १५   बजे

काठमाडौं २३ कात्तिक । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमबीच आपसी समन्वय नहुँदा विराटनगर महानगरपालिकाअन्तर्गतका निर्माणाधीन सडक समयमै सम्पन्न हुन सकेका छैनन् ।

सडक निर्माणका क्रममा प्राधिकरणले बिजुलीका पुराना खम्बा परिवर्तन गरी नयाँ अग्ला खम्बा गाड्नुपर्ने र सोही खम्बामा बिजुलीका तारसँगै टेलिकमले पनि आफ्ना तार विस्तार गर्नुपर्ने हुन्छ । सडक निर्माणमा जुटेका निर्माण कम्पनीले सडकलाई कालोपत्र गर्न तयारी अवस्थामा बिजुलीका खम्बा, तार र टेलिकमले सोही खम्बामा आफ्ना तार विस्तार गर्न नसकेका कारण काममा ढिलाइ भएको महानगरपालिकाले जनाएको छ ।

विद्युत्का कर्मचारी आउँदा टेलिमका कर्मचारी नआउने र टेलिकमका कर्मचारी आउँदा विद्युत्का कर्मचारी नआउने प्रवृत्तिले गर्दा काममा प्रगति हासिल हुनसकेको छैन । विगत केही दिनदेखि विराटनगरका बजारभित्र र बाहिरका सबै सडकको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ भने महानगरपालिकाका प्रमुख भीम पराजुलीको दशैँ र तिहारअगावै निर्माणकार्य सम्पन्न गरी नगरलाई धुलोमुक्त शहर बनाउने घोषणालाई दुवै कार्यालयले लत्याएका छन् ।

समयमा काम सम्पन्न नहुँदा विराटनगरवासीबाट जनप्रतिनिधि आलोचित भइरहेका छन् भने विद्युत् प्राधिकरण र टेलिकमका कर्मचारीको आपसी द्वन्द्वका कारण विकास निर्माणमा ढिलाइ भइरहेको निर्माण कम्पनीको भनाइ छ । विगतदेखि शहरी क्षेत्रमा रहेका बिजुलीका खम्बा होचा र त्यसमा पनि टेलिफोनका तारसँगै विभिन्न केबलका तार जोडिएकाले सडक कुरुप देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुलुक प्रतिगमन र विध्वंशको दिशामा ः नेकपा नेता , देव, भिडियो ।

अदालतको फैसलाअनुसार भाडा तिर्छौं–दमनकारी नीति अख्तियार गरे ७ सय उद्योगी गिरफ्तारी दिन तयार छौँः अध्यक्ष आलम

सम्बन्धित

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज सातै प्रदेशमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group