ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्जुनधारा धाममा कृत्रिम अङ्ग वितरण गरिने


admin
कार्तिक २३, २०७६ शनिबार   २ : ४३   बजे

काठमाडौं २३ कात्तिक । पूर्वको पशुपतिनाथको रुपमा सुप्रसिद्ध झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ वार्षिक अनुष्ठान हुने भएको छ । अनुष्ठानको उद्घाटन किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्नुहुने भएको छ ।

मङ्सिर २ देखि ९ गतेसम्म हुने धार्मिक अनुष्ठानमा यसपटक बामन पुराण, रुद्राभिषेक महायज्ञ, सद्विजारोपण, कृत्रिम अङ्ग प्रत्यारोपण, आँखा शिविरलगायतका कार्यक्रम गरिने भएको छ ।

हरेक वर्ष धाममा वार्षिक अनुष्ठान हुने गर्दछ । पहिलोपटक किराँत धर्मका गुरु लिङ्देनलाई अनुष्ठानको प्रमुख अतिथि बनाउने निर्णय गरिएको अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो ।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्र सुब्बाले विश्वशान्ति र मानव जातिबीचको एकताका लागि अर्जुनधारा जलेश्वरधामले आयोजना गर्दै आएको धार्मिक अनुष्ठानमा किराँत धर्मका गुरु आत्मानन्द लिङ्देनलाई निमन्त्रणा गरेकोमा समस्त किराँत धर्मावलम्बी हर्षित भएको बताउनुभयो ।

“यसबाट नेपालीमा कायम रहेको धार्मिक सद्भाव र सहिष्णुतालाई अझ बलियो बनाउँछ”, किराँतधर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष सुब्बा भन्नुहुन्छ । “जगद्गुरु शङ्कराचार्य हेमानन्द गिरी र जगद्गुरु मुमुक्षानन्द महाराजजी मङ्सिर ५ गते आउनुहुने भएको छ । भारतको कोलकातास्थित महावीर सेवा सदनको सहयोगमा मङ्सिर ५ देखि ७ गतेसम्म निःशुल्क आँखा शिविर र मङ्सिर १३ देखि २० गतेसम्म निःशुल्क कृत्रिम अङ्ग प्रत्यारोपण कार्यक्रम सञ्चालन गरिने धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभएको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन मुलुकलाई प्रतिगमनतिर धकेल्दै, नेकपा कसरी प्रतिरोध गर्ने योजनामा छ ? : देव गुरुङ (भिडियो)

अदालतको फैसलाअनुसार भाडा तिर्छौं–दमनकारी नीति अख्तियार गरे ७ सय उद्योगी गिरफ्तारी दिन तयार छौँः अध्यक्ष आलम

सम्बन्धित

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज सातै प्रदेशमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group