धनुषा, २२ कार्तिक । धनुषामा चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् ।
धनुषाको धनौजी गाउँपालिका २ गोरदाहाबाट सशस्त्र प्रहरीको टोलीले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर बस्ने २८ बर्षीय सुनिल ढुँगेल, सोही ठाउँका ३९ बर्षीय शिबकुमार महतो र धनौजी गाउँपलिका ४ बस्ने ३६ बर्षीय जयराम मण्डल छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको टोलीले उनीहरुलाई एक थान चितुवाको छालासहित पक्राउ गरेको हो ।
प्रदेश नं।२–०२–००१ प ६०२८ नम्बरको मोटरसाइकलमा महेन्द्रनगरबाट भारततर्फ जाने क्रममा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतिले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्