ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिपुलेक र कालापानीका विषयमा सरकारले पहल गर्नुपर्छ– दिलेन्द्रप्रसाद बडू


admin
कार्तिक २२, २०७६ शुक्रबार   ८ : २३   बजे

काठमाडौं २२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडूले हालै भारतले सार्वजनिक गरको राजनीतिक नयाँ नक्सामा नेपालको भू–भाग मिचेको कुरामा सरकारले कूटनीतिक तवरबाट चाँडो समाधान निकाल्नुपर्ने बताउनुभएको छ ।

नेपालको सिमाना दार्चुला जिल्लामा पर्ने कालापानी र लिपुलेक भारतले आफ्नो राजनीतिक नक्साभित्र राखी नेपालको सिमाना अतिक्रमण गरेको भन्दै नेता बडूले पार्टी र व्यक्तिगत तर्फबाट आपत्तिसमेत जनाउनुभयो । नक्सा परिवर्तन गराउन सरकारले कूटनीतिक पहल गरी चाँडै समाधान निकाल्नुपर्ने जनाउँदै नेता बडूले भन्नुभयो, “नेपाली काङ्ग्रेस राष्ट्र र सीमा बचाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने छ ।”

डडेल्धुरामा अनशनरत डा गोविन्द केसीलाई भेट्न आइपुग्नुभएका नेता बडूले भन्नुभयो, “राष्ट्र नै खतरामा परेको बेला सरकार किन अग्रसर भइरहेको छैन र यो विषयमा जोडदारले किन अवाज उठाइरहेको छैन रु सरकारप्रति शङ्का उब्जिरहेको छ ।”

नेता बडूले हालै भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालनको सिमाना मिचिएको अवस्था आपत्तिजनक विषय भएको भन्दै सरकार तथा सबै पार्टीले यो विषयमा आपत्ति जनाई राष्ट्रियता नै सङ्कटमा परेको बेला एक ठाउँमा उभिएर साथ दिई राजनीतिक तवरबाट समाधान गरिनु पर्ने बताउनुभयो । सिमाना मिचिएको भाग दार्चुलाको मात्रै नभई राष्ट्रिय अखण्डतालाई नै आँच पुग्ने कार्य छिमेकी राष्ट्रबाट भएकाले यसमा सरकारको आधिकारिक धारणा प्रस्तुत हुनु पर्नेमा नेता बडूले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group