ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महेशपुर नाकाबाट १० महिनाको अवधिमा जोखिममा परेका ५१ महिला तथा बालिकाको उद्धार


admin
२२ कार्तिक २०७६, शुक्रबार   ४ : ००   बजे

नवलपरासी,२२ कात्तिक । पश्चिम नवलपरासीको महेशपुर नाकाबाट १० महिनाको अवधिमा बेचबिखनको जोखिममा परेका ५१ महिला तथा बालिकाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ५० लाई परिवारमा पुनःस्थापित गरिएको छ ।

जिल्लाको सो मुख्य नाकाबाट पछिल्लो समय महिला वैदेशिक रोजगारीका लागि र किशोरी भारतीय आर्केष्टामा नाच्न तथा नेटवर्किङ व्यवसायमा संलग्न हुन जाने बहानामा आवातजावत गर्ने क्रम बढ्दा बेचबिखनको जोखिम वृद्धि हुँदै गएको पाइएको छ ।माइती नेपाल आवधिक गृह महेशपुरका अनुसार घरेलु हिंसा, आर्थिक प्रलोभन, गरीबी तथा बेरोजगारी, लैङ्गिक विभेद, नाफामूलक व्यवसाय, सस्तो श्रम तथा यौनकार्यका लागि प्रयोग, आफू बेचबिखनमा परिसकेपछि साथी पनि लैजाने, साथीको सङ्गतजस्ता कारणले महिला तथा किशोरी बेचबिखनमा पर्ने गरेका पाइएको छ ।

सन् २०१९ को जनवरीदेखि हालसम्म माइती नेपालले स्थानीय र प्रहरीको सहयोगमा समेत उद्धार गरेका ५१ मध्ये ५० लाई घरपरिवारसँग पुनःमिलन गराएको छ । बेचबिखनमा पर्न लागेको आशङ्कामा ४१ लाई सीमानाकाबाटै घर पठाइएको छ भने उद्धार गरिएकामध्ये दुईमात्र बेचबिखन मुद्दा दर्ता गर्न सफल भएका आवधिक गृहकी प्रमुख कौशिल्या विश्वकर्माले बताउनुभयो ।बीस वटा खोजतलासका निवेदन दर्ता भएकामा छ जना मात्र फेला पार्न सफल भएको माइती नेपालले जनाएको छ । उद्धार गरिएकामध्ये नवलपरासीकै भूमहीकी एक १८ वर्षीय महिलाले श्रीमान्को हिंसा सहन नसक्ने भन्दै पुनःमिलन हुन नचाहेपछि माइती नेपालको सहयोगमा सीपमूलक तालीम प्रदान गरिएको छ ।
महेशपुर नाकाबाट विशेषगरी खोटाङ, रोल्पा, सिन्धुली, रामेछाप, सोलुखुम्बु, कास्की, गुल्मी, मोरङ, धादिङलगायत जिल्लाका महिला तथा किशोरी विभिन्न बहानामा सीमापार गर्ने गरेका छन् । खुला सिमाना र निर्वाध प्रवेशको छुट पाउनु, बिचौलियाले विभिन्न वैकल्पिक बाटो प्रयोग गर्ने, सीमा वारपार गराउन स्थानीय व्यक्तिको प्रयोग गराउनु, पहुँचवाला तथा उच्चपदस्थ व्यक्तिबाटै बिचौलियालाई संरक्षण गरिनुजस्ता कारणले नियन्त्रणमा समस्या भएको उहाँको भनाइ छ ।

माइती नेपालले बेचबिखन तथा घरेलु हिंसामा परेका महिला तथा किशोरीलाई निःशुल्क कानूनी परामर्श प्रदान गर्ने, असुरक्षित बसाइँसराइलाई न्यूनीकरण गर्न विद्यार्थी लक्षित सचेतना कार्यक्रम, प्रहरी तथा सरोकारवालासँग समन्वय तथा नेपाल–भारत संयुक्त सीमा अनुगमनलगायतका काम गरिँदै आएको माइती नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu