झापा,२२ कात्तिक । पश्चिमका जिल्ला भएर झापा आउने गाईगोरु भारत तस्करी हुन थालेपछि गाईगोरु नियन्त्रण तथा रोकथाम अभियानमा जुटेका झापा प्रहरी आक्रमक बनेका छन् । प्रहरीले जिल्लामै पहिलो पटक दुई वटा फुलबडी ट्रकसहित ५० वटा गाईगोरु नियन्त्रणमा लिएर भन्सारमा बुझाएपछि जिल्लाको माहोल नै तातेको छ ।
झापामा नेपाल प्रहरीका धेरै एसपी आए अनि गए । तर, अहिलेसम्म कुनै पनि एसपीले गाईगोरु नियन्त्रण तथा रोकथाममा हात हाल्न चाहेनन् । गाई गोरुमा हात हाल्यो कि तस्कर सञ्जालको पावरले एसपीको कुर्सी नै हल्लाइ दिन्थ्यो । किनभने, गाई गोरु तस्कर सञ्जालको सेटिङ पूर्वका उच्च प्रहरी अधिकृतदेखि हेड क्वाटर हु“दै गृहसम्म हुने गरेको छ । झापा जिल्ला गाईगोरु भारत चोरी निकासी गर्ने नेपालकै मुख्य नाकामा पर्छ ।
भारतको विहार र बङ्गाल राज्य जोडिएको झापाबाट भारत हु“दै जाने गाईगोरु मासु प्रयोजनका लागि भारतको आसाम, मणिपुरह“ुदै तेस्रो मुलुक बङ्गलादेशसम्म पुग्ने गरेको छ । त्यही गतिविधिलाई रोक्न जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली कठोर प्रहरी कर्मचारी भएर झापामा उभिए ।
एसपी मैनालीले कसैको सामु नझुकि गाई गोरु तस्करी नियन्त्रण तथा रोकथाममा खुलेर लागि परेका छन् । मोरङ जिल्लाबाट झापा प्रवेश गर्ने ठुला तथा साना ट्रकहरूलाई राजमार्गबाहेक झापाका सीमावर्ती नाकातर्फ लैजान नदिन अभियानस“गै सीमावर्ती नाकाबाट गाईगोरु नियन्त्रण गर्न थाल्यो । यसैक्रममा मोरङ जिल्लाबाट झापा आएका दुई वटा फुलबडी ट्रकसहित ५० वटा गोरु इलाका प्रहरी कार्यालय सुरुङगाले मंगलबार बिहान ४ बजे नियन्त्रणमा लियो । सुरुङगाबाट झापा गाउ“पालिकाको टाघनडुब्बा नाका ह“ुदै भारतको डिगलबैक नाकातर्फ लैजाने क्रममा प्रहरीले ना ६ ख ३८४१ र ना ५ ख ५९४६ नम्बरको फुलबडी ट्रकसहित गोरु नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । भारत लैजाने उद्देश्यले पश्चिमबाट ल्याएको गोरु नियन्त्रणमा लिइएको उनको भनाई छ ।
भारतको उत्तर प्रदेश राज्यबाट नेपाल भित्राइएको गाईगोरु तराई जिल्लाका राजमार्ग प्रयोग गरी झापा ल्याउने गरिएको छ । त्यही क्रममा प्रहरीले ट्रकका चालकद्धय मकवानपुर जिल्ला हेटौडा ४ बस्ने रोमियो कालिकोटे र बारा जिल्ला निजगढ नगरपालिका ४ बस्ने विरबहादुर थिङसहित ५० वटा गोरु र दुई वटा ट्रक आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार बुझाएको छ । ५० वटा गोरुको दुई लाख २५ हजार र ७ लाखको दरले दुई वटा ट्रक १४ लाख गरि जम्मा १६ लाख २६ हजारमा भन्सार बुझाइएको छ । प्रहरीले गाईगोरु नियन्त्रणका लागि अभियाननै चलाएको डिएसपी श्रेष्ठको भनाई छ ।
प्रहरीका अनुसार दमकका कार्कीले सर्लाही बरहथवा नगरपालिका ६ बस्ने निरजकुमार सिंह (चौपाया खरिद बिक्री केन्द्र)बाट ५० वटा गोरु खरिद गरी झापा ल्याएका थिए । कार्कीले नवलपरासी जिल्ला रामग्राम १४ का त्रिवेणी पशुपक्षी सप्लायर्सबाट आशा राम श्रेष्ठ (लुम्बिनी सप्लायर्स) को नामबाट समेत बिक्री रसिद ल्याएको देखिन्छ । दमकका कार्की र जय चुडाल झापामा गाइगोरुको कारोबार गर्दै आइरहेका छन् । प्रहरीले भन्सारमा गाई गोरु बुझाएपछि जीवन कार्की, जय चुडाल, सर्लाहीका शम्भु सिंह भद्रपुर भन्सार कार्यालय आएको थिए । गोरुसहित दुई वटा ट्रक छुटाउन झापाका प्रशासन प्रमुखदेखि काठमाडौँसम्म लबिङ गरे पनि भन्सारले अन्तत गोरु लिलाम गरेरै छाडेको छ । भन्सारले गोरु लिलामीको कानुनी प्रक्रिया अघि बढाइसकेको भद्रपुर भन्सारका नायव सुब्बा विकास दाहालले जानकारी दिए ।
यता, प्रहरी कार्यालय झापाले गाईगोरु नियन्त्रण तथा रोकथाम अभियान सुरु गरेस“गै जिल्लाका विभिन्न नाकाबाट प्रहरीले अहिलेसम्म २१० वटा चौपाया र आधा दर्जन बढी सवारीसाधन बरामद गरी भन्सार बुझाइसकेको डिएसपी श्रेष्ठले जानकारी दिए । झापामा गाईगोरु तस्करीविरुद्ध एक्सनमा उत्रिएका प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनालीलाई सरुवा गराउन गोरु कारोबारी लागि परेका छन् । तस्करीविरुद्ध जाइ लागेका एसपी मैनाली झापाबाट हटाउ“दा फेरि गाईगोरु तस्करी खुलेआम सञ्चालन गर्न पाउनेमा तस्कर लागि परेका छन् ।
प्रतिक्रिया दिनुहोस्