ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुलेआम गाईगोरु तस्करी : दुई वटा फुलबडी ट्रकसहित ५० वटा गाईगोरु नियन्त्रणमा (भिडियोसहित)


admin
कार्तिक २२, २०७६ शुक्रबार   १ : ००   बजे

झापा,२२ कात्तिक । पश्चिमका जिल्ला भएर झापा आउने गाईगोरु भारत तस्करी हुन थालेपछि गाईगोरु नियन्त्रण तथा रोकथाम अभियानमा जुटेका झापा प्रहरी आक्रमक बनेका छन् । प्रहरीले जिल्लामै पहिलो पटक दुई वटा फुलबडी ट्रकसहित ५० वटा गाईगोरु नियन्त्रणमा लिएर भन्सारमा बुझाएपछि जिल्लाको माहोल नै तातेको छ ।

झापामा नेपाल प्रहरीका धेरै एसपी आए अनि गए । तर, अहिलेसम्म कुनै पनि एसपीले गाईगोरु नियन्त्रण तथा रोकथाममा हात हाल्न चाहेनन् । गाई गोरुमा हात हाल्यो कि तस्कर सञ्जालको पावरले एसपीको कुर्सी नै हल्लाइ दिन्थ्यो । किनभने, गाई गोरु तस्कर सञ्जालको सेटिङ पूर्वका उच्च प्रहरी अधिकृतदेखि हेड क्वाटर हु“दै गृहसम्म हुने गरेको छ । झापा जिल्ला गाईगोरु भारत चोरी निकासी गर्ने नेपालकै मुख्य नाकामा पर्छ ।

भारतको विहार र बङ्गाल राज्य जोडिएको झापाबाट भारत हु“दै जाने गाईगोरु मासु प्रयोजनका लागि भारतको आसाम, मणिपुरह“ुदै तेस्रो मुलुक बङ्गलादेशसम्म पुग्ने गरेको छ । त्यही गतिविधिलाई रोक्न जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली कठोर प्रहरी कर्मचारी भएर झापामा उभिए ।

एसपी मैनालीले कसैको सामु नझुकि गाई गोरु तस्करी नियन्त्रण तथा रोकथाममा खुलेर लागि परेका छन् । मोरङ जिल्लाबाट झापा प्रवेश गर्ने ठुला तथा साना ट्रकहरूलाई राजमार्गबाहेक झापाका सीमावर्ती नाकातर्फ लैजान नदिन अभियानस“गै सीमावर्ती नाकाबाट गाईगोरु नियन्त्रण गर्न थाल्यो । यसैक्रममा मोरङ जिल्लाबाट झापा आएका दुई वटा फुलबडी ट्रकसहित ५० वटा गोरु इलाका प्रहरी कार्यालय सुरुङगाले मंगलबार बिहान ४ बजे नियन्त्रणमा लियो । सुरुङगाबाट झापा गाउ“पालिकाको टाघनडुब्बा नाका ह“ुदै भारतको डिगलबैक नाकातर्फ लैजाने क्रममा प्रहरीले ना ६ ख ३८४१ र ना ५ ख ५९४६ नम्बरको फुलबडी ट्रकसहित गोरु नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । भारत लैजाने उद्देश्यले पश्चिमबाट ल्याएको गोरु नियन्त्रणमा लिइएको उनको भनाई छ ।

भारतको उत्तर प्रदेश राज्यबाट नेपाल भित्राइएको गाईगोरु तराई जिल्लाका राजमार्ग प्रयोग गरी झापा ल्याउने गरिएको छ । त्यही क्रममा प्रहरीले ट्रकका चालकद्धय मकवानपुर जिल्ला हेटौडा ४ बस्ने रोमियो कालिकोटे र बारा जिल्ला निजगढ नगरपालिका ४ बस्ने विरबहादुर थिङसहित ५० वटा गोरु र दुई वटा ट्रक आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार बुझाएको छ । ५० वटा गोरुको दुई लाख २५ हजार र ७ लाखको दरले दुई वटा ट्रक १४ लाख गरि जम्मा १६ लाख २६ हजारमा भन्सार बुझाइएको छ । प्रहरीले गाईगोरु नियन्त्रणका लागि अभियाननै चलाएको डिएसपी श्रेष्ठको भनाई छ ।

प्रहरीका अनुसार दमकका कार्कीले सर्लाही बरहथवा नगरपालिका ६ बस्ने निरजकुमार सिंह (चौपाया खरिद बिक्री केन्द्र)बाट ५० वटा गोरु खरिद गरी झापा ल्याएका थिए । कार्कीले नवलपरासी जिल्ला रामग्राम १४ का त्रिवेणी पशुपक्षी सप्लायर्सबाट आशा राम श्रेष्ठ (लुम्बिनी सप्लायर्स) को नामबाट समेत बिक्री रसिद ल्याएको देखिन्छ । दमकका कार्की र जय चुडाल झापामा गाइगोरुको कारोबार गर्दै आइरहेका छन् । प्रहरीले भन्सारमा गाई गोरु बुझाएपछि जीवन कार्की, जय चुडाल, सर्लाहीका शम्भु सिंह भद्रपुर भन्सार कार्यालय आएको थिए । गोरुसहित दुई वटा ट्रक छुटाउन झापाका प्रशासन प्रमुखदेखि काठमाडौँसम्म लबिङ गरे पनि भन्सारले अन्तत गोरु लिलाम गरेरै छाडेको छ । भन्सारले गोरु लिलामीको कानुनी प्रक्रिया अघि बढाइसकेको भद्रपुर भन्सारका नायव सुब्बा विकास दाहालले जानकारी दिए ।

यता, प्रहरी कार्यालय झापाले गाईगोरु नियन्त्रण तथा रोकथाम अभियान सुरु गरेस“गै जिल्लाका विभिन्न नाकाबाट प्रहरीले अहिलेसम्म २१० वटा चौपाया र आधा दर्जन बढी सवारीसाधन बरामद गरी भन्सार बुझाइसकेको डिएसपी श्रेष्ठले जानकारी दिए । झापामा गाईगोरु तस्करीविरुद्ध एक्सनमा उत्रिएका प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनालीलाई सरुवा गराउन गोरु कारोबारी लागि परेका छन् । तस्करीविरुद्ध जाइ लागेका एसपी मैनाली झापाबाट हटाउ“दा फेरि गाईगोरु तस्करी खुलेआम सञ्चालन गर्न पाउनेमा तस्कर लागि परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेशी पार्टी सक्किएको छैनन , कर्ण, वरिष्ठ उपाध्यक्ष, जसपा, भिडियो

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group