ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके र बर्दियामा बढ्दै बाघ आक्रमण, त्रासमा स्थानीयवासी


admin
कार्तिक २१, २०७६ बिहीबार   १ : ४५   बजे

 

काठमाडौं २१ कात्तिक । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ ।

बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको निकुञ्जका अधिकारीहरु बताउँछन् ।

बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हँुदै मानव बस्तीतर्फ बाघ पस्न थालेका छन् । निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रवेश गर्न थालेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले बताउनुभयो ।

निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले यसको न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । तर, निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको हो ।

बाँके र बर्दियामा बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीय त्रसित बनेका हुन् । अधिकांशले अनाहकमा ज्यान गुमाइरहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटेबाघको आक्रमणमा मङ्गलबार एक माउतेको मृत्य भएको छ । निकुञ्जभित्र गैँडा मचान नजिक पाटेबाघको आक्रमणबाट माउतेको मृत्यु भएको छ । २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रूपमा कार्यरत बर्दिया ठाकुरबाबा नगरपालिका–७ मोहनपुरका ४५ वर्षीय निकुञ्जका माहुते मङ्गरे थारूको मृत्यु भएको हो । हात्तीका लागि घाँस काट्ने क्रममा पाटेबाघले थारूलाई झम्टेको निकुञ्जले जनाएको छ । बाँके र बर्दियामा पछिल्लो समयमा पाटेबाघको आक्रमण बढेको हो ।

विसं २०७६ भदौ ५ गते बिहीबार बर्दिया जिल्ला गेरुवा गाउँपालिका–४ मा पाटेबाघले आक्रमण गर्दा सोही स्थानका ५६ वर्षीय रामकली शाहीको मृत्यु भएको थियो । उहाँ घरनजिकै खेतमा घाँस काट्दै गर्दा बाघले आक्रमण गरी घटनास्थलमै मृत्यु भएको थियो । आपसमा जोडिएका बाँके र बर्दिया निकुञ्जको सीमावर्ती क्षेत्रका स्थानीयवासी अहिले त्रसित छन् ।

यो घटना सेलाउन नपाउँदै बर्दियाकै ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ खानेपानी ट्याङ्की नजिक २०७६ भदौ ८ गते आइतबार बिहान पाटेबाघले आक्रमण गर्दा सोही स्थान बस्ने स्थानीयवासी ७० वर्षीय पहरिया थारूको मृत्यु भएको थियो । बङ्गुरलाई दाना दिन हिँड्नुभएका थारूलाई बाघले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै गत माघ २१ गते बर्दियाको बढैयाताल गाउँपालिका–२ मा पाटेबाघले आक्रमण गर्दा स्थानीयवासी ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्य भएको थियो । सोही घटनामा बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा सामान्य घाइते भएका थिए । बाघको आक्रमणको घटनाबाट बाँके पनि अछुतो रहेन । बाँकेको खजुरा गाउँपालिका–३ धवलागिरिमा २०७६ जेठ ३ गते सोमबार साँझ तीन जनालाई पाटेबाघले आक्रमण गरेर घाइते बनायो । घाइतेमध्ये ५० वर्षीय दीपबहादुर श्रीष गम्भीर घाइते भएपछि उहाँ नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचारपछि निको भएर घर फर्किनुभएको थियो ।

बाघको आक्रमण बढेपछि बर्दिया राष्ट्रिय निकुञ्ज र जिल्ला प्रशासन कार्यालय बर्दियाले सबैलाई सजग र सचेत रहन आग्रह गर्दै निकुञ्जको मध्यवर्ती क्षेत्रबाट बाघको खोजी गरी हटाउने कार्य गरिरहेको छ । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेका घटना एकपछि अर्को गर्दै दोहोरिन थालेपछि मानव वन्यजन्तु द्वन्द्वको खतरा बढेको पर्यटन व्यवसायी कृष्ण चौधरीको भनाइ छ । ठाकुरबाबा नगरपालिका बर्दियाका लक्ष्मण थारूले भन्नुभयो, “बाघ र अन्य वन्यजन्तु निकुञ्जबाट मानव बस्तीमै प्रवेश गर्न थालेपछि सुरक्षा चुनौती थपिएको छ ।” मानव बस्तीमा बाघ तथा वन्यजन्तु प्रवेश गरेर धनजनको नोक्सानी गरिरहँदासमेत सम्बन्धित निकायले उचित व्यवस्थापनमा चासो नदिएको उहाँको भनाइ छ ।

“यसरी मानव बस्तीमै पुगेर वन्यजन्तुले आक्रमण गर्दा सोबाट बच्न प्रतिकार गर्दा निकुञ्जले कानून लगाउँछ, पक्रिन्छ, प्रतिकार नगरौँ आफ्नै ज्यान जोखिममा छ”, उहाँले आफ्नो पीडा सुनाउँदै भन्नुभयो । नेपालको कानूनअनुसार वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने परिवारलाई सरकारले रु १० लाख उपलब्ध गराउने गरेको छ । सरकारी तथ्याङ्कअनुसार बर्दिया राष्ट्रिय निकुञ्ज ८७ र बाँके राष्ट्रिय निकुञ्ज २१ पाटेबाघ छन् । देशमै बाघको संरक्षणमा लागेको सरकार र स्थानीयवासीको सक्रियताले बाघको सङ्ख्या बढे पनि आहाराको कमीले मानव बस्तीमा पुगेर वन्यजन्तुले गर्ने आक्रमण न्यूनीकरणका लागि सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group