ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडाध्यक्ष सुवालसहित १० विरुद्ध किटानी जाहेरी


admin
कार्तिक २१, २०७६ बिहीबार  १ : १२ बजे

बनेपा,२१ कात्तिक । बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पु¥याई तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको छ ।

बनेपा नपाका–९ ठकुरीगाउँस्थित आफ्नै कृषि फार्ममा फोहरमैला व्यवस्थापन गर्न मेशिन राख्ने स्थान तयारी गर्ने क्रममा गत सोमबार डोजर लैजाँदा वडाध्यक्ष सुवालको नेतृत्वमा अवरोध पु¥याएको जनाउँदै किटानी जाहेरी दिइएको हो । नपाले उक्त स्थानमा जापानिज प्राविधिबाट धुवाँरहित, वातावरणलाई अवसर नपुग्ने मेशिनमार्फत फोहर नष्ट गर्न जमीन तयारीका लागि डोजर लैजाँदै गर्दा स्थानीयले बाटोमा अवरोध पु¥याइ सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरी डोजर तोडफोड गरिएको थियो ।

“वडाध्यक्ष सुवालसहित १० जनाविरुद्ध शान्तिसुरक्षामा खलल पु¥याइ तोडफोडमा उत्रिएको आरोपमा जाहेरी आएको छ”, जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भन्नुभयो । उहाँका अनुसार जाहेरीमा शान्तिसुरक्षामा खलल पु¥याउन भेला गराई तोडफोड गरेकाले दफा ६० को परिच्छद–२ अनुसार कारवाहीको माग गरिएको छ । स्थानीयले अवरोध पु¥याएपछि भीडलाई तितरवितर पार्न सुरक्षाकर्मीले छ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यसलगत्तै भएको झडपमा पाँच जना स्थानीय सामान्य घाइते भएका थिए ।

प्रहरीले तोडफोडमा संलग्न स्थानीय डम्बरबहादुर घिसिङ ९सङ्घर्ष समिति अध्यक्ष०लाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी नायब उपरीक्षक गिरीले भन्नुभयो, “अनुसन्धानका लागि आरोपित अन्यको खोजी कार्य भइरहेको छ ।” बनेपाको फोहर व्यवस्थापनका विषयमा गत हप्ता जिल्ला समन्वय समितिको कार्यालयमा भएको सर्वदलीय, पक्षीय छलफलका सहभागीले उक्त स्थानमा वातावरण प्रदूषणमुक्त मेशिन राख्न सहमत भएका थिए ।

यसैबीच आज बिहान नपा कार्यालयमा जिसस प्रमुख उद्धव केसीको अध्यक्षतामा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षाप्रमुख तथा कर्मचारी सम्मिलित बैठकले फोहर व्यवस्थापन गर्ने भनिएको स्थानमा पुनःकाम शुरु गर्ने, वातावरण परीक्षण प्रतिवेदन तत्काल उपलब्ध गराउने, प्रतिवेदनपछि फोहर व्यवस्थापनको काम शुरु गर्ने निर्णय गरेको छ ।

आजै पक्राउ गरिएका घिसिङको रिहाइको माग गर्दै स्थानीय महिलाले नगर कार्यालयको गेटमा प्लोकार्डसहित धर्ना दिएका छन् भने नेपाली काङ्ग्रेससहित केही दलले थप बृहत् छलफल गरी फोहर व्यवस्थापनका लागि उचित स्थान छनोट गर्न सुझावसहित जिल्ला प्रशासन कार्यालय धुलिखेलमा ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

सम्बन्धित

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com