ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुक विधिमा चल्नु भनेकै समृद्धिको मुख्य आधार हो– अध्यक्ष तिमिल्सिना


admin
२० कार्तिक २०७६, बुधबार   ६ : ४८   बजे

 

काठमाडौं २० कात्तिक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुक विधिको शासनबाट अघि बढ्दै गएको बताउनुभएको छ । पर्वतको ‘लाइफलाइन’का रुपमा रहेको लुङ्खुदेउराली–हुवास सडक कालोपत्र निर्माण कार्यको आज शिलान्यास गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा तीनै तहका सरकार बनेपछि संविधानको कार्यान्वयनसमेत प्रभावकारी बनेको बताउँदै राज्यका सबै संयन्त्रहरु संविधानप्रदत्त तवरबाट अघि बढेको बताउनुभयो ।

“मुलुक विधिमा चल्नु भनेकै समृद्धिको मुख्य आधार हो”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो । उहाँले संविधानभन्दा कोही पनि माथि हुन नसक्ने बताउँनै कानूनविपरीतका कार्य गर्ने एक दिन कारवाहीको दायरामा आएरै छाड्ने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले वर्तमान सरकारले छोटो समयमै दूरगामी प्रभाव पार्ने काम गरिरहेको बताउँदै सरकारलाई काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्नेमा जोड दिनुभयो । अबको समय भनेको पूर्वाधार निर्माणको भएकाले शुरुआत भएका ठूला योजनालाई सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले पर्वतमा नयाँ सडक खोल्नुपर्ने आवश्यकता नरहेको बताउँदै पुराना सडकलाई स्तरोन्नति गर्दै जानुपर्ने बताउनुभयो । उहाँले अबको पाँच वर्षभित्रमा पर्वतका सबै वडासम्म पक्की बाटोको पहुँच पुग्ने बताउँदै यसका लागि आफूले पनि पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रको विकासविना मुलुकको समृद्धि हुन नसक्ने बताउनुभयो । शहरबजारको विकास र विस्तारबाट मात्र समृद्धि नआउने बताउँदै गाउँकै विकास गरेर नागरिकलाई गाउँमै बस्ने वातावरण सिर्जना गरेमा मात्र नेपालीको जीवनस्तरमा समृद्धि आउने बताउनुभयो ।

उहाँले विगतमा कालापानी भनेर चिनिने पर्वतका दक्षिण क्षेत्रमा अहिले विकासको लहर छाएको बताउँदै अबको पाँच वर्षभित्रमा सबैभन्दा बढी विकास भएको क्षेत्रका रुपमा देखिने दाबी गर्नुभयो ।

लुङ्खु–हुवास सडक १४ दशमलव ९८ किलोमिटर रहेको छ । रु ३६ करोड ९६ लाख ९३ हजारको लागतमा निर्माण हुने उक्त सडक दुई वर्षभित्रमा सम्पन्न हुने भएको छ । विसं २०७८ कात्तिक १४ गतेसम्म सडकको सम्झौता अवधि रहेको छ । सडक निर्माणको जिम्मा श्री हिमदुङ एण्ड थोकर प्रालीले पाएको छ । यो सडक कालोपत्र भएपछि पर्वतको सुदूर दक्षिण पर्वतको हुवासलाई कालोपत्र सडकले जोड्नेछ । जिल्लाको पैँयु र विहादी गाउँपालिकासम्म कालोपत्र सडकमा यात्रा गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu