ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुक विधिमा चल्नु भनेकै समृद्धिको मुख्य आधार हो– अध्यक्ष तिमिल्सिना


admin

 

काठमाडौं २० कात्तिक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुक विधिको शासनबाट अघि बढ्दै गएको बताउनुभएको छ । पर्वतको ‘लाइफलाइन’का रुपमा रहेको लुङ्खुदेउराली–हुवास सडक कालोपत्र निर्माण कार्यको आज शिलान्यास गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा तीनै तहका सरकार बनेपछि संविधानको कार्यान्वयनसमेत प्रभावकारी बनेको बताउँदै राज्यका सबै संयन्त्रहरु संविधानप्रदत्त तवरबाट अघि बढेको बताउनुभयो ।

“मुलुक विधिमा चल्नु भनेकै समृद्धिको मुख्य आधार हो”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो । उहाँले संविधानभन्दा कोही पनि माथि हुन नसक्ने बताउँनै कानूनविपरीतका कार्य गर्ने एक दिन कारवाहीको दायरामा आएरै छाड्ने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले वर्तमान सरकारले छोटो समयमै दूरगामी प्रभाव पार्ने काम गरिरहेको बताउँदै सरकारलाई काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्नेमा जोड दिनुभयो । अबको समय भनेको पूर्वाधार निर्माणको भएकाले शुरुआत भएका ठूला योजनालाई सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले पर्वतमा नयाँ सडक खोल्नुपर्ने आवश्यकता नरहेको बताउँदै पुराना सडकलाई स्तरोन्नति गर्दै जानुपर्ने बताउनुभयो । उहाँले अबको पाँच वर्षभित्रमा पर्वतका सबै वडासम्म पक्की बाटोको पहुँच पुग्ने बताउँदै यसका लागि आफूले पनि पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रको विकासविना मुलुकको समृद्धि हुन नसक्ने बताउनुभयो । शहरबजारको विकास र विस्तारबाट मात्र समृद्धि नआउने बताउँदै गाउँकै विकास गरेर नागरिकलाई गाउँमै बस्ने वातावरण सिर्जना गरेमा मात्र नेपालीको जीवनस्तरमा समृद्धि आउने बताउनुभयो ।

उहाँले विगतमा कालापानी भनेर चिनिने पर्वतका दक्षिण क्षेत्रमा अहिले विकासको लहर छाएको बताउँदै अबको पाँच वर्षभित्रमा सबैभन्दा बढी विकास भएको क्षेत्रका रुपमा देखिने दाबी गर्नुभयो ।

लुङ्खु–हुवास सडक १४ दशमलव ९८ किलोमिटर रहेको छ । रु ३६ करोड ९६ लाख ९३ हजारको लागतमा निर्माण हुने उक्त सडक दुई वर्षभित्रमा सम्पन्न हुने भएको छ । विसं २०७८ कात्तिक १४ गतेसम्म सडकको सम्झौता अवधि रहेको छ । सडक निर्माणको जिम्मा श्री हिमदुङ एण्ड थोकर प्रालीले पाएको छ । यो सडक कालोपत्र भएपछि पर्वतको सुदूर दक्षिण पर्वतको हुवासलाई कालोपत्र सडकले जोड्नेछ । जिल्लाको पैँयु र विहादी गाउँपालिकासम्म कालोपत्र सडकमा यात्रा गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com