ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफ्ताब काण्ड : ३ वटा कसुरमा आलमसहित १० जनाविरुद्ध मुद्दा दायर


एबीसी न्यूज
१८ कार्तिक २०७६, सोमबार   ४ : ४६   बजे

काठमाडौं, १८ कात्तिक। रौतहट बम विस्फोटको घटनामा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध तीन वटा कसुरमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालत रौतहटमा विभिन्न तीन वटा कसुरमा मुद्दा दायर गरेको हो । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको कसुरमा सजाय माग दाबीसहित मुद्दा दायर गरेको हो ।

सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दामा आलमले दर्जनबढी व्यक्तिलाई ज्यूँदै इँटाभट्टामा हालेर मारेको अभियोग छ । सरकारी वकिल कार्यालयले सोमबार मुद्दा दायर गरेसँगै अब मंगलबारबाट मात्रै थुनछेक बहस चल्ने अदालतले जनाएको छ ।

आलमसहित १० जनाविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालयलका अधिवक्ता खणिन्द्र कटुवालले जानकारी दिनुभयो । अदालतमा दायर भएको अभियोग पत्रमा आलमलाई सर्वस्वसहित जन्मकैद हुनुपर्ने माग छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group