ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महरालाई थुनामा राख्न अदालतको आदेश


admin
१८ कार्तिक २०७६, सोमबार   ५ : २०   बजे

 

काठमाडौं, १८ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको जबरजस्ती करणी उद्योगमा पक्राउ परेका मुद्दाको थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत काठमाण्डौमा महराका तर्फबाट सोमबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गर्नुभएको थियो । आइतबार महराको पक्षबाट अधिवक्ता भोजराज आचार्य र लभप्रसाद मैनालीले बहस गर्नु भएको थियो ।

न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा बहस भएको हो । महराको पक्षबाट बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए । अदालतमा बहस भैरहँदा पीडित भनिएकी रोशनी शाहीले बन्द इजलासमा बोल्ने अनुमति मागे पनि न्यायाधी पाण्डेले अनुमति दिनु भएन । महराले बलत्कार प्रयास गरेको भनेर प्रहरीमा जाहेरी दिए पनि उनले अदालतमा भने बयान फेरेकी छिन् । महरा आफ्नो कोठामा नआएको उनले अदालतमा बयान दिएकी थिइन्। बहस सकिएसँगै अहिले फैसला तयार गर्ने काम भइरहेको छ ।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएको असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो । थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् । उनलाई डिल्लीबजार कारागार लगिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu